झण्डा चोरिएपछि निकालिएको हो – वडा अध्यक्ष कँडेल


फोटोः मोटेग्याङ्गनेपाल फेसबुक पेजबाट

११ असोज, सुर्खेत । कर्णाली प्रदेशको राजधानीमा यही बर्षको संविधान दिवसका दिन केही समय अगाडी टिकटकमा भाइरल हुन पुगेको भानुपार्कमा नेपालको राष्ट्रिय फहराइएको थियो । त्यो फहराइएको राष्ट्रिय झण्डाले वीरेन्द्रनगरको रौनकता नै परिवर्तन गरिदिएको थियो तर त्यो रौनकता केही दिनमा नै हराएर गयो ।

भाइरल डाँडा भनेर परिचित भानु पार्कको दाँयाबाँया फहराइएको ८० वटा झण्डा मध्य १४ वटा झण्डा चोरिएपछि सुरक्षाको दृष्टिकोणले हालकालागि निकालिएको वीरेन्द्रनगर नगरपालिका ६ नं. वडाका वडा मोतीप्रसाद कँडेलले बताउनुभयो । उहाँ भन्नुहुन्छ “हामी झण्डा निकाल्ने पक्षमा थिएनौ तर त्यहाँ फहराइएका झण्डाहरु मध्य १४ वडा झण्डा चोरी भएपछि सुरक्षाको दृष्टिकोणले हामीले निकालेर सुरक्षित राखेका छौ । अब हामी यो हाइमास्ट लाइट बले पछि फेरी झण्डा राख्ने सोचमा छौ ।”

यता झण्डा निकालिएपछि सामाजिक सञ्जाल फेसबुकमा झण्डा गायब भयो भन्दै स्टाट्सहरु लेखिन थालिएकाछन् ।