मनकला थापा
२८ जेठ, कालिकोट । कालिकोट जिल्लाको लालिघाट वजारमा आज विहान १० वजे टिप्पर दुर्घटना भएको छ ।
धनगढीको गौरीफन्टावाट आएका रास्कोट नगरपालिकाका ३९ जना नागरिकहरुलाई रास्कोट पुर्याउने क्रममा लालिघाट बजार नजिकै कर्णाली नदीमा दुर्घटना भएको हो । दुर्घटनामा परेका नागरिकहरुलाई रास्कोट नगरपालिकाले उद्दार गरेर ल्याएको थियो ।
दुर्घटनामा परि २ जना महिलाको मृत्यू भएको छ । रास्कोट नगरपालिका वडा नं. २ निवासी बर्ष २१ की ठुम्की सार्की र बर्ष २३ की सर्मिला सार्कीको मृत्यूभएको बताइएको छ । दुर्घटनामा अन्य ९ जना घाइते भएका छन् । घाइतेहरुको उपचारका लागि जिल्ला अस्पताल कालिकोट पुर्याइएको छ । दुर्घटनामा परेका २२ जना सकुसल रहेका छन भने ६ जना बेपत्ता रहेका छन ।
बेपत्ता भएकाहरुको खोजिकार्य भईरहेको घटना स्थलमा पुग्नु भएका रेडियो नेपाली आवाज एफ एमका स्टेशन म्यानेजर नमराज योगीले जानकारीदिनुभयो । घाइते हुनेमा रास्कोट नगरपालिकाका अनिता सार्की, सपना सार्की, गोविन्द्र सार्की, मिना सार्की, कमला सार्की, देवराज सार्की, पुजा सार्की, विवेक सार्की, निस्पता सार्की रहेका छन । वेपत्ता हुनेमा रास्कोट नगरपालिकाका सोविन्द्र सार्की, धीर सार्की, कुल सार्की, कमर सार्की, धनरुपा सार्की र प्रकास सार्की रहेका छन । बेपत्ता भएकाहरुको नेपाल प्रहरी, नेपाली सेना, ससस्त्र प्रहरीहरुले खाजिकार्य जारि राखेको नमराज योगीले बताउनु भएको छ ।



Prawash Kumar Shakya । २८ जेष्ठ २०७७, बुधबार १२:५० बजे