२ बर्ष भित्र चिङ्गाडमा बिद्युत पुर्याइने


१२ चैत्र, सुर्खेत । चिङ्गाड गाउपालीकाका सबै घरधुरीमा विद्युत पुग्ने सुर्खेतको चिङ्गाड गाउपालीकाका ६ ओटै वडामा २ वर्ष भित्र विद्युत पुर्याइने भएको छ । चिङ्गाड सामुदायीक विद्युत सहकारी संस्था लिमिटेडको प्रस्ताव स्वीकृत भएसंगै गाँउपालीका विद्युतको पहुचमा आउने भएको हो ।

नेपाल विद्युत प्राधिकरण अन्तरगतको सामुदायिक ग्रामिण विद्युत विभागले प्रस्ताव स्वीकृत गरेको संस्थाका अध्यक्ष जितबहादुर रानाले जानकारी दिँदै रानाले शुरुको टेन्डर भएको १८ महिना भित्र १७ करोड ७२ हजार ३ सय २२ रुपैया लगानीमा आयोजना सम्पन्न बताउनुभयो ।

१० प्रतिशत सिम्ता ग्रामिण विद्युत सहकारी संस्थाको लगानी रहने आयोजनामा चिङगाड गाउपालीकाका सवै घरधुरीवाट सेयर संकलन गरिने उहाँले बताउनुभयो ।

गाउपालीकाले २५ लाख लगानी गर्ने र प्रदेश सरकार संग १ करोड प्रस्ताव गरेको तर त्यसको प्रतिक्रिया नआएको अध्यक्ष रानाको भनाई छ । आयोजनामा प्रतिनिधिसभा सदस्य ध्रुवकुमार शाही निर्वाचन क्षेत्र नं १ क्षेत्र विकास कोषबाट ५० लाख लगानी रहने छ ।

आयोजनाको ट्रान्सफर्ममरको संख्या ५० केभीएको ६ थान र १ सय केभीएको ८ थान रहेको छ । २ वर्ष भित्र चिङगाडका सवै घरधुरीमा वत्ति बालिने चिङ्गाड ग्रामिण विद्युत सहकारी संस्थाका अध्यक्ष रानाले बताउनुभयो ।