कोरोना संक्रमित बढ्दै


२९ साउन, सुर्खेत । आज कर्णालीमा कोरोना भाइरसक कोभिड १९ को संक्रमण १८ जनामा पुष्टी भएको छ ।

सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले वीरेन्द्रनगर नगरपालिकामा १७ र लेकवेशी नगरपालिकामा १ गरी १८ जनामा कोरोनाको संक्रमण पुष्टी गरेको जनाएको छ । यो संगै कर्णालीमा संक्रमितको संख्या २ हजार ५२ पुगेको छ भने डिस्चार्ज हुने को संख्या १ हजार ९ सय १ रहेको छ ।

हिजो मात्रै वीरेन्द्रनगरका १ देखि १३ वडामा बसोबास गर्नेमा संक्रमण पुष्टी भए संगै यतिवेला वीरेन्द्रनगर त्रसित बनेको छ । यसैवीच जिल्ला प्रशासन कार्यालयले नागरिकता राहदानी वितरण जस्ता कार्यहरु बन्द गरेको छ भने मालपोत यातायात कार्यालय पनि बन्द गरिएको छ । त्यस्तै वीरेन्द्रनगर नगरपालिकाले पनि कार्यपालिका र वडा कार्यालयहरु बन्द गर्ने सूचना जारी गरेको छ ।

यता अत्याधिक भिड हुने कर कार्यालय भने खुला नै छ । मानिसमा त्रासको वातावरण भए पनि वीरेन्द्रनगर बजारमा भिड कम हुने कुनै संकेत छैन् ।