एसईई परिक्षा अब प्रदेश सरकारको मातहतमा


चैत्र ७, सुर्खेत । यस बर्षको चैत्र १० गतेदेखि सञ्चालन हुने एसईई परिक्षा कर्णाली प्रदेशमा परिक्षा सञ्चालनका लागि प्रदेशका सबै जिल्लाहरुमा तयारी भइरहेको जनाइएको छ ।

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव डा. मानबहादुर बिकेको अध्यक्षतामा शिक्षा विकास निर्देशनालयमा वीरेन्द्रनगरमा आज सम्पन्न एसइइ परिक्षा २०७५ तयारी तथा व्यबस्थापनका लागि बसेको समन्वय बैठकमा सो कुराको जानकारी दिइएको हो । जिल्ला सबै केन्द्रहरुमा उत्तर पुस्तिका र प्रश्न पत्रहरु पुगसेको जानकारी दिदै निर्देशक भक्तबहादुर ढकालले प्रदेश स्थापना भएपछिको पहिलो परिक्षालाई मर्यादित र ब्यबस्थित बनाउने निर्णय गरिएको छ ।

एसइइ परिक्षा र आगामि साउनमा हुन ग्रेड बृद्धि परिक्षाका लागि समेत २ करोड, ८६ लाख, ५ हजार रकम खर्च हुने जानकारी दिदै अन्य सबै काम केन्द्रहरुबाट हुने भएकाले आफूहरुलाई काम गर्न केही कठिनाई भएको बताइएको छ ।

प्रदेश स्तरका सुरक्षा निकायका प्रमूख सहित सम्पन्न समन्वय बैठकमा जिल्ला र परिक्षा केन्द्रमा समन्वय इकाईको ब्यबस्था गरिने भन्दै सो अबसरमा प्रत्येक परिक्षा केन्द्रमा १५ जना सुरक्षाकर्मीहरु खटाउने ब्यबस्था भएपनि दुर्गमका जिल्लाहरुमा सोही अनुरुप सुरक्षाकर्मी नपुग्ने निष्कर्ष निकालीएको छ भने परिक्षालाई मर्यादित बनाउन सम्बन्धित सरोकारवालाहरुलाई आग्रह गर्ने समेत निर्णय गरिएको छ ।