कुलमान घिसिङ्गको कार्यकाल सकियो


२८ भाद्र, सुर्खेत । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गको आज देखि ४ बर्षे कार्यकाल समाप्त भएको छ ।  घिसिङ्गले चार वर्ष पहिले भदौ २९ गते विद्युत प्राधिकरणमा कार्यकारी निर्देशकको रूपमा नियुक्ति पाउनुभएको थियो ।

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमानलाई फेरि नियुक्त गर्ने प्रस्ताव तयार गरि आजै वा भोलि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउने तयारी भइरहेको जनाएको छ ।

यता घिसिङ्गको कार्यकाल सकिनै लाग्दाबाट नै सामाजिक सञ्जाल लगाएत विभिन्न ठाउँबाट उज्यालो नेपाल बनाउन अग्रसर हुने घिसिङ्गलाई नै पुन प्राधिकरणको निर्देशक बनाउन अभियान थालिएको छ ।