सहकारी शिक्षा तालिम सम्पन्न ।


मिलन श्रेष्ठ
एकका लागी सबै र सबैका लागी एक भन्ने मुल नाराका उद्देश्यका साथ संचालन भएको नमुना बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा बिहिवार(आज) १ दिने सहकारी शिक्षा तालिम समापन भएको छ ।
गुर्भाकोट वडा नं.८ स्थीत नमुना बचत तथा ऋण सहकारी संस्था लि.का कोषाध्यक्ष देवबहाुदर खत्रिको अध्यक्षतामा सम्पन्न १ दिने सहकारी शिक्षा तालिममा सहरकारी संस्थाका पुराना र नयां शेयर सदस्य गरी कुल ३० सहभागिता रहेको उक्त तालिममा ३ जना पुरुष र २७ जना महिलाहरु रहेका थिए ।
खत्रिको अध्यक्षतामा सम्पन्न १ दिने सहकारी शिक्षा तालिमको सहजीकरण, जनहित बचत तथा ऋण ससहकारी संस्था लि.का व्यवस्थापक गणेश कुमार चन्द र जनसेवा बचत तथा ऋण सहकारी संस्थाकी व्यवस्थापन मञ्जु पुन गरेका थिए ।
नमुना बचत तथा ऋण सहकारी संस्थाका व्यवथापक बम बहादुर पुन अनुशार, बदलिदो परिस्थीतीमा सहकारी संस्थाहरुको संख्यामा बृद्धि भएता पनि गुणस्तरमा बृद्धि नहुनु र सहकारी संस्थाबाट लगानी भएका कर्जाहरु सहकारीका सदस्यहरुले उत्पादन मुलकमा नलगाई फजुल खर्च गर्ने संस्कारलाई न्यूनिकरण गर्नका लागि तालिमको आयोजना गरिएको बताए ।