१५ असोज, सुर्खेत । बाँकेमा आज कोरोना भाइरस संक्रमणका कारण पहिलो पटक एक वरिष्ठ चिकित्सकको मृत्यु भएको छ ।
कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत वरिष्ठ चिकित्सक डा.हरिप्रसाद सापकोटाको ५८ बर्षको उमेरमा उपचारका क्रममा आज बाँकेमा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।
प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काका अनुसार मधुमेह र उच्च रक्तचापका बिरामीसमेत रहेका सापकोटालाई सुरुदेखि नै आईसीयूमा अक्सिजन दिएर राखिएको थियो । २ साताअघि संक्रमण पुष्टि भएका उनलाई सास फेर्न गाह्रो भएपछि नेपालगञ्जको भेरी अस्पतालमा लगिएको थियो ।
बिहीबार एक्कासी स्वास्थ्यमा समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार गर्दा दिउँसो ३ बजेतिर मृत्यु भएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा. रविन खड्काले जानकारी दिनु भयो। यो सहित बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ।



Milan Shrestha । १५ आश्विन २०७७, बिहीबार १७:१५ बजे