भेरी नदीमा बस खस्यो


13479687_1050874801670860_965360262_n-300x225सुर्खेत, ५ असार । सल्यानको सल्लीबजार नजिकै आइतवार विहान भएको गाडी दुर्घटनामा परी घाइते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते गाडीका मालिक सुर्खेत घर भएका रामबहादुर खड्काको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका सई बालवहादुर थापाले गाडी मालिक खड्काको उपचारको क्रममा बिहान साढे ९ बजेतिर मृत्यु भएको जानकारी दिनुभयो । सुर्खेतको धारपानीवाट आफनो नम्वर खान सल्लीबजारतिर जादै गर्दा पौने ६ बजेतिर देवस्थल गाविस ६ चिसीखोला नजिकैवाट गाडी भेरी नदिमा खसेको प्रहरीले वताएको छ । दुर्घटनामा परी घाइते गाडी चालक सुर्खेत घर भएका मिलन रावत र जाजरकोटको कालेगाउँ घर भएका सहचालक उमेशजंग शाहको अहिले उपचार भैइरहेको प्रहरीले जनाएको छ ।

ना ४ ख ५९४४ नम्वरको बस एक्कासी भित्तामा ठोक्किएर भेरी नदिमा खसेको वताएको छ ।

साभारः राराखबर अनलाइन