७,मंसिर सुर्खेत । भारतको महाराष्ट्र राज्यको अमरावतीमा यहीँ मंसिर १९ गतेदेखि २२ गते (डिसेम्बर ४–७) सम्म हुन लागेको पावर लिफ्टिङ वल्र्ड कप–२०२० मा नेपालकै एक्ली महिला सुर्खेतकी श्रुति कार्की छनोट हुनु भएको छ ।
कोरोना भाइरस महामारीका कारण एक वर्षपछि धकेलिएको विश्व पावर लिफ्टिङ प्रतियोगितामा नेपालका ५ जना खेलाडीले सहभागिता जनाउँदै हुनुहुन्छ। विभिन्न तौल समूहमा भाग लिन पाँच जना पुरुष र एक जना महिला सहभागी हुन लाग्नु भएको हो ।
भारतको महाराष्ट्र राज्यको अमरावतीमा यहीँ मंसिर १९ गतेदेखि २२ गते (डिसेम्बर ४–७) सम्म हुन लागेको पावर लिफ्टिङ वल्र्ड कप–२०२० मा नेपालकै एक्ली महिला सुर्खेतकी श्रुति कार्कीले सहभागी जनाउन लाग्नु भएको छ ।
उहांसँगै प्रतियोगिताका गण्डकी प्रदेश पोखराका हसन गुरुङ(८०केजी), राजेश सुवाल (९०), सुजन आले (७५), आशीष आले (१००) हुनुहुन्छ । श्रुति मात्रै नेपालकी एक्ली तथा कर्णालीबाट प्रतिनिधित्व गर्दै हुनुहन्छ ।
उहांले ५५ केजी तौलतर्फ प्रतिस्पर्धा गर्नु हुनेछ। मिडवेस्र्टन फिटनेस सेन्टरबाट प्रशिक्षण पाउनु भएको कार्की नेपालमा भएका यसअघि भएका प्रतियोगितामा सहभागी जनाइ सक्नु भएको छ ।
पाँच जना खेलाडीहरुले नेपालको प्रतिनिधित्व गर्न लागेको कास्की शारीरिक संगठन संघका अध्यक्ष राजकुमार थापाले जानकारी दिनु भयो ।
पोखरामा पावर लिफ्टिङ एशोसिएसन अफ नेपालको आयोजनामा गरेको पत्रकार सम्मेलनमा एशियन पावर लिफ्टिङ फेडेरेसनका उपाध्यक्ष जीवन गिरिले देशकै प्रतिनिधित्व गरेर खेलाडीहरु विश्व च्याम्पियनसीपमा जान लागेको भन्दै राज्यले पनि सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
एशोसिएसन अध्यक्ष सुन्दर भुषालले संस्था स्थापनाको दुई वर्ष पनि नपुगेको बताउँदै कोभिड–१९ का कारण प्रदेशस्तरबाट खेलाडी छनोट गर्न कठिन भएकोले पहिलेको छनोटलाई आधार मानेर सहभागी गराउन लागेको बताउनु भयो । उहांले खेलाडीलाई सफलताको शुभकामना दिँदै पदक जित्नेमा आशावादी रहेको बताउनु भयो ।
प्रतियोगिताका लागि नेपाली टोली मंसिर १८ अर्थात् डिसेम्बर ३ मा भारत प्रस्थान गर्ने जनाएको छ । यतिबेला नेपाल–भारत हवाइ उडान नहुँदा खेलाडीहरु स्थलमार्ग हुँदै जानेछन् । कार्यक्रम स्थल नागपुरदेखि १२० किमी टाढा रहेको कास्की शारीरिक संगठन संघका अध्यक्ष थापाले जानकारी दिनुभयो ।
साभारःनेपालीरैबार ।



Milan Shrestha । ७ मंसिर २०७७, आईतवार १९:५३ बजे