कर्णालीमा प्रदेशस्तरीय पर्यटन प्रवर्धन समिति गठन


३ कार्तिक, सुर्खेत । भ्रमण बर्ष २०२० लाई सफल पार्नकालागि कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेश सरकारका पर्यटन मन्त्री नन्द सिंह बुढाको संयोजकत्वमा एक समिति गठन गरेको छ ।

समितिले कर्णालीमा रहेका विभिन्न पर्यटकिय क्षेत्रको प्रवर्धन गर्ने उद्देश्यका साथ कर्णाली प्रदेशमा अवस्थीत बिभिन्न संघ संस्थाहरुका प्रतिनिधीहरुको सहभागीता रहने गरी ३१ सदसीय कर्णाली प्रदेश पर्यटन प्रवर्धन  समिति गठन गरेको हो ।

समितिले भ्रमणबर्ष २०२० मा  कर्णालीका पर्यटकिय क्षेत्रहरुको विषेश प्रवर्धन गर्न र पर्यटकहरु भित्र्याउनकालागी कर्णालीको राजधानी वीरेन्द्रनगरलाई कर्णालीको गेटवे बनाउनु पर्ने  बताइएको छ । यसकालागी नेपाल वायु सेवा निगमको सुर्खेतमा रात्रीकालीन बसाइ बनाउनु पर्ने कर्णालीमा चल्ने हवाइ सेवाहरुले कम्तीमा पनि हप्ताको एक दिन सुर्खेतदेखी कर्णालीमा एयरपोर्ट भएका जिल्लाहरुमा उडानकालागि सम्बन्धित पक्ष निकायसँग पहल गरीनु पर्ने बताइएको छ ।

भ्रमण बर्ष २०२०का लागी कर्णाली प्रदेश पर्यटन प्रवर्धन  समितिकाे गुरु योजना तयार पारि  कर्णालीमा घुम्न आउने पर्यटकहरुको संखयामा बृद्धि गरी १ला २०हजार पुर्याउने र  प्रति व्यक्तीले खर्च गर्ने सक्ने ५२ डलर रहेको भएपनिको त्यस्लाई बढाएर ७५ डलर सम्म पुर्याइ नेपालको बसाइ लम्व्याउन सकियो भने नेपालको पर्यटन क्षेत्रमा उल्लेख आम्दानी हुने रणनिति रहेको  कर्णालीमा भएका धार्मिक ऐतिहासीक र पुरातात्वीक महत्वका पर्यटकिय स्थलहरुको सर्किट तयार गरी छिट्टै सार्वजानिक गरी जनवरी १ मा भ्रमण वर्ष २०२०को बिधिबत रुपमा उद्घाटन गरीने गुरुयोजना तयार पार्नकालागी बिज्ञ समुहका  सदस्य हरिहर  न्यौपानेले बताउनुभयो ।

कार्यकर्ममा बिज्ञ टोलीले तयार पारेको गुरु योजनमा ब्यापक छलफल गरीएको थियो भने  नेपाल सरकारले उपलब्ध गराएको २५लाख रकमलाई समितिको निर्णय अनुसार मात्रै खर्च गर्ने जस्मा प्रचार प्रसार सामाग्री उत्पादन गर्ने ,कार्याशाला तथा गोष्ठी ,साप्ताहिक गतिबिधीहरु संचालन गरीने कुरा जनाइएको छ ।

कार्यक्रममा बाह्य पर्यटकहरुलाइ भित्र्याउनकालागी भारतका बिभिन्न शहरहरुमा कार्यक्रम गरी सुचना आदान प्रदान गर्न र त्यहाँका ब्यवसायीहरुसँग सहकायर्य गर्न सके भारतिय पर्यटकहरुको संख्यामा बृद्धिहुन सक्ने कुरा समितिका सदस्य दिल बहादुर महतले बताउनु भएको थियो ।