कर्णालीको वीरेन्द्रनगरमा पनि राजावादीहरुको प्रदर्शन (भिडियो सहित)


फोटोः हेमराज गौतम

१८ मंसीर, सुर्खेत । देशभर राजतन्त्रका समर्थकहरुले प्रदर्शन गरिरहेको अवस्थामा आज कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा पनि राजावादीहरुले प्रदर्शन गरेकाछन् ।

स्वतन्त्र नागरिक संघर्ष समितिको आयोजनामा आज वीरेन्द्रनगरमा मोटरसाइकल र्रयाली निकालिएको छ । र्रयालीमा  “राज आउ देश बचाउ” गणतन्त्र चाहिदैन लगाएतका नाराहरु लगाएका थिए । र्रयाली भैरवस्थान मंगलगढी वीरेन्द्रनगरबजार परिक्रममा गरि वीरेन्द्रचाैकमा सभा परिणत भएको थियो ।