
९ बैशाख, सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख देवकुमार सुवेदीले आफ्नो कार्यकाल सकिँदै गर्दा अक्षय कोषको स्थापना गर्नुभएको छ ।
नगरप्रमुख सुवेदीले आफ्नो पाँचबर्षे कार्यकालमा प्राप्त गरेका सेवासुविधा वापतको रु. १३ लाख ५० हजार रुपैयाको “रवि-जगत फाउण्डेसन” नाममा अक्षयकोष स्थापना गर्नुभएको हो ।
अक्षयकोष मार्फत विपन्न, महिला बालबालिका तथा विद्यार्थीहरुलाई सहयोग गर्ने र सामाजिक सेवा तथा पर्यावरण संरक्षण लगाएतमा खर्च गर्ने बताउनुभयो । उहाँ भन्नुहुन्छ “फाउण्डेसनबाट गरिब असहाय अपाङ्गता दलित जनजाती बालबालिका तथा पिछडावर्गहरुलाई सीपमूलक तालिम तथा प्राविधिक शिक्षा एवं आदिवासी जनजाती समुदायहरुका भाषासंस्कृतिहरुको जगेर्ना तथा हकहित लागि आवश्यक पहल पनि गरिनेछ । साथै फाउण्डेसन गैर राजनीतिक र मुनाफारहित हुनेछ ।”
Prawash Kumar Shakya । ९ बैशाख २०७९, शुक्रबार ०८:४८ बजे