ओली सरकारको निरन्तरताको माग गदै सुर्खेतमा रर्याली


सुर्खेत, १ साउन । केपी ओली सरकारको निरन्तरताको माग गदै शनिवार सुर्खेतको वीरेन्द्रनगरमा र्याली निकालिएको छ ।स्वतन्त्र युवा अभियान सुर्खेतले विकास, समृद्धि र राजनीतिमा स्थिरताका लागि ओली सरकारको निरन्तरता आवश्यक रहेको भन्दै जुलुस निकालेको हो ।

राष्ट्रियता र स्वाधिनताका लागि दलभन्दा माथी उठौ, राजनीतिका लागि होइन, सन्ततीका लागि, ओलीको लागि होइन, भोलीको लागि, कुर्सी वचाउन होइन, देश वचाउन लगायतका नारा लेखिएका प्लेकार्ड युवाहरुले वोकेका थिए । 20160716_165932स्थानीय मंगलगढीचोकवाट सुरु भएको र्याली तल्लो बजार, वीरेन्द्रचोक, पिपलचौतारी हुदै बीरेन्द्रचोकमा पुगेर कोण सभामा परिणत भएको छ । कोणसभाका वक्ताहरुले विदेशी चलखेल वन्द गर्नुपर्ने, राष्ट्रिय स्वाधिनताका लागि एकजुट हुनुपर्नेमा जोड दिएका थिए । र्यालीमा एमाले निकट विद्यार्थी, कार्यकता तथा नेताको बाक्लो सहभागीता रहेको थियो ।

साभारः राराखबर अनलाइन