
२१ चैत्र, सुर्खेत । आगामी बैशाख ६ गतेदेखि १० गतेसम्म नेपालगञ्जमा सञ्चालन हुने आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णाली प्रदेशबाट सहभागी हुने उसु प्रतियोगिता छनौट भएका १९ जना खेलाडीहरुलाई तालिम अवधीभरकालागि पोषिलो खाजाकारुपमा अण्डा सहयोग गरिएको छ ।
सुर्खेतमा स्थापित हिल्सा पब्लिक यातायात प्रालिले नेपालमा खेलकुदको सम्भाबना धरै भएको र खेल क्षेत्रमा विभिन्न किसिमको बजेट छुट्टयाइएपनि खेल खेल्ने खेेलाडीहरुलाई भने पोषण तत्व आवश्यक पर्ने हुँदा राज्यबाटनै खेलाडीलाई तल पारिएको भन्दै उसुका खेलाडीहरुलाई अण्डा सहयोग गरेको हिल्साका बरिष्ठ इन्चार्ज उपेन्द्र शाहीले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘खेलकुद क्षेत्र भनेको नै नेपालको शिर उच्च राख्ने क्षेत्र हो, र सरकारले नै खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेपनि खेल क्षेत्र सञ्चालनको लागि खेलाडीलाई आवश्यक पर्ने र खेलाडीलाई कुनैपनि प्रकारको प्रोत्साहन नगर्ने भएकाले हामी कर्मचारीहरुले नै खेलाडीहरुलाई पोषिलो खाजाकोलागि अण्डा सहयोग गरेका हौ ।’
यस्तै, कार्यक्रममा उसु खेलकालागि कर्णाली प्रदेशका सहायक प्रशिक्षक रमेशकुमार तुलाधर, भोलिएन्टियर प्रशिक्षक विश्वास ओली र मोहन देवकोटा लगायतले कर्णाली प्रदेशबाट उसु खेलमा छनौठ भएका खेलाडीहरुलाई हिल्सा पब्लिक यातायात प्रा.लिले तालिम अवधीभर सहयोग गर्ने भएकोमा धन्यबाद ब्यक्त गर्नुभएको थियो ।



Milan Shrestha । २१ चैत्र २०७५, बिहीबार १८:१५ बजे