नेता गौतमको प्रचण्ड-नेपाल समूह संग छलफल


११ पौष, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) यतिवेला दुईचिरा भएको छ । एकातीर ओली पक्षधर अर्को तीर प्रचण्ड-नेपाल पक्षधर यता नेकपाका उपाध्यक्ष वामदेव गौतम कता जाने भन्ने दोधारमा नै रहेको पाइएको छ ।

यसैवीच नेता गौतमले आज शनिबार प्रचण्ड–नेपाल समूहका नेताहरुसँग छलफल गर्नुभएको बताइएको छ । नेता गौतमका स्वकीय सचिव दिपक टमटाका अनुसार नेता गौतम छलफल गर्नकालागि प्रचण्ड निवास खुमलटार गर्नुभएको हो । गौतमले करिब एक घण्टा नेताहरुसँग समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ ।

। नेता गौतमको सचिवालयका अनुसार नेता गौतम यसअघि तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई एक बनाउन आफ्नो भूमिका महत्वपूर्ण रहेको स्मरण गराउनुहुँदै अझैपनि आफू पुनः एकीकृत गर्ने अभियानमा अन्तिम समयसम्म लागिरहने अडानमा रहेको बुझिएको छ ।