९ फागुन, सिराहा । सिराहाको विष्णपुरकट्टी गाविस-१ भर्नैनीमा भीषण आगलागीमा परि दर्जनौ घर जलेर नष्ट भएको छ ।
भर्नैनीमा दिउँसो लागेको आगो नियन्त्रणमा लिन सकिएको छैन । आगलागी नियन्त्रणका लागि ठुलो सङ्ख्यामा सुरक्षाकार्मी र स्थानीय जनताले प्रयास गरिरहेका छन् ।
लहान नगरपालिकाको दमकलपनि घटनास्थलमा पुगिसककेको छ । तीव्र हावा चलेका कारण आगलागी नियन्त्रणमा लिन कडिनाई भइरहेको सिराहाका एसपी श्याम ज्ञवालीले जानकारी दिए ।
आगलागी नियन्त्रण गर्न सप्तरी र धनुषाबाट पनि दमकल बोलाइएको एसपी ज्ञवालीले बताए । एसपी ज्ञवालीका अनुसार आगलागीबाट मानवीय क्षतिको जानकारी आएको छैन ।
साभारः अनलाइन खबर



Milan Shrestha । ९ फाल्गुन २०७२, आईतवार १२:१७ बजे