होली पर्व घर मै बसेर मनाउन प्रशासनको आग्रह


१४ चैत्र, सुर्खेत । कोरोना भाइरस कोभिड १९ले लकडाउन बनाएको १ बर्ष पुग्दापुग्दै फेरी कोरोनाको प्रकोप बढ्दै जाँदा मानिसमा एकतिर फेरी लकडाउन हुन्छ की भन्ने त्रासले छाएको ।

यही त्रासले छाएको वेला यतिवेला फागुपुर्णिमा २०७७ को रौनक हुनै लाग्दा कोरोनाको कहरलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सुर्खेतले यसपटकको होली पर्व भिडभाड नगरी घर मै मनाउन अनुरोध गरेको छ ।

साथै प्रशासनले भिडभाड नगर्न तथा माक्स र स्यानिटाइजरको प्रयोग अनिवार्य गर्न पनि अनुरोध गरेको छ ।