
१२ बैशाख, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा रहेको बौद्ध ग्रामिण बहुउद्देश्यीय सहकारी संस्था लि. ले आजबाट प्रशोधित पिउने पानी उद्योगको शुभारम्भ गरेको छ ।
बौद्ध सहकारीले सुर्खेत जिल्लामा गुणस्तरीय पिउने पानी उपलब्ध गराउने उद्देश्यका साथ करिब २ करोड रुपैयाको लगानीमा कार्यालय परिसर वीरेन्द्रनगर ९ लाटीकोइली सुर्खेतमा नै उद्योगको स्थापना गरेको हो ।
उद्योगको शुभारम्भ गर्दै कार्यक्रमका प्रमुख अतिथी वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख देवकुमार सुबेदीले २१ बर्षमा दुग्ध डेरी उद्योग, कृर्षि फर्म हुदै गुणस्तरीय पानी उद्योग समेत संचालन गर्न सफल भएकोमा बधाई दिदै स्थानीय सरकार सदैव बौद्ध सहकारी संस्थासंग हातेमालो गरेर अघिबढने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा सहकारीका अध्यक्ष सिंहबहादुर गुरुङ्गले स्थानिय बजारको माग अनुरुप सहकारी संस्थाले दुग्ध डेरी उद्योग, कृर्षि फर्म संचालन गर्ने क्रमममा स्वच्छ र सफा पिउने पानी आजको सबैभन्दा महत्वपुर्ण माग देखिएको र यसले स्थानिय स्तरमा रोजगारीको समेत श्रृजना गर्ने भएको हुँदा पानी उद्योग संचालन गरेको बताउनुभयो ।
बिजी एक्वा फ्रेस (BG Aqua Fresh) ब्रान्डमा १ लिटर, आधा लिटर र जारको पानी उत्पादन गरी विक्रि वितरण गर्ने योजना रहेको संस्थाका कार्यकारी प्रमुख बिशाल के.सी.ले जानकारी दिनुभयो ।
कार्यक्रममा कर्णाली प्रदेश सहकारी रजिष्ट्रार कार्यालयका रजिष्ट्रार राजु बस्नेत वीरेन्द्रनगर नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष सुरेश मानन्धर आआफ्नो भनाइ राख्नुभएको थियो ।



Prawash Kumar Shakya । १२ बैशाख २०७८, आईतवार १८:१३ बजे