चिरञ्जिवीको निर्देशनमा घरघरमा ग्यास पाइप


सुर्खेती युवा संचारकर्मी चिरञ्जीवी सापकोटाको निर्देशनमा तयार भएको तिज गित कोसेली सार्वजनिक भएको छ । प्रम केपी ओलीलाई व्यंग्य गरिएको ‘घर घरमा ग्यास पाइप’ बोलको गितमा अर्विन्द्र भट्टराईको शब्द संगीत रहेको छ । भने स्वर संगीतकार स्वयम् अर्विन्द्र र तुलसी घर्तिले भरेका छन् । गीतमा चिरञ्जीवी सापकोटा, सुसिला (बिमली) र अर्विन्द भट्टराईले अभिनय गरेका छन् ।

संगीतकार अर्विन्द्र भट्टराई नक्कली केपी ओली बनेर क्यारिकेचर गरेका छन् । प्रविन भट्ट र मिलन वि.क.को सम्पादनमा रहेको यस म्युजिक भिडियोको छायाँकन भने बासु बराल र सागर गौतमले गरेका छन् । बिन्दास प्रोडक्सनले सार्वजनिक गरेको ‘घर घरमा ग्यास पाइप’ले अहिले चौतर्फी चर्चा पाइरहेको छ ।

साभारः र‌ंगखबर अनलाइन