
डिजिटल प्लेटफर्म YouTube मार्फत पछिल्लो समय नयाँ–नयाँ साङ्गगितिक कोशेली सार्वजनिक हुने क्रम बढ्दै गएको छ । यसैक्रममा सुर्खेती कलाकार भरत शाही ठकुरीले आज आफ्नो युट्युव च्यानलबाट नयाँ प्रस्तुति “सुनैको दरवार…….” बोलको गित सार्वजनिक गर्नु भएको छ ।
गीतमा भरत शाही ठकुरीको स्वर रहेको छ भने रन्जिता विश्वकर्माले पनि स्वरमा साथ दिनुभएको छ । गीतको शब्द र संगित लेखु सहयात्री रहेको गीतको एरेञ्ज विसम आचार्यले गर्नुभएको छ । त्यस्तै, भिडियोमा स्वयं गायक भरत शाही ठकुरी र कृष्टिना श्रेष्ठ ले अभिनय गर्नुभएको छ । मुकेश नेपालीले निर्देशन गर्नुभएको भिडियो भरत शाही ठकुरीको आधिकारिक YouTube च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
यस अघि शाहीले आफ्नो युट्युव च्यानल मार्फत चर्चित झ्याउरे गीत चरीको पाइला लगाएत आधुनिक गितहरु र तीज गीतहरु ल्याइ सक्नुभएको छ ।



Prawash Kumar Shakya । ४ बैशाख २०८३, शुक्रबार १९:४० बजे