सुर्खेतमा तिब्रगतीमा फैलंदै कोरोनाको तेश्रो लहर


१० माघ, सुर्खेत । कोरोना भाइरस कोभिड १९ को तेश्रो लहरको संक्रमण बढ्दै गएको अवस्थामा आज सुर्खेतमा १ सय ५५ जनामा संक्रमण पुष्टी भएको छ ।

जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले १ सय ५५ जनमा कोरोना भाइरस संक्रमण पुष्टी गरेको छ । कार्यालयले ६० जनामा पिसिआर विधीबाट परिक्षण गर्दा ५१ जनामा र एण्टिजेन विधीबाट १ सय ७८ जनामा परिक्षण गर्दा १ सय ४ जनामा संक्रमण पुष्टी भएको जनाएको छ  । त्यस्तै निको हुनेको संख्या ७९ जना रहनुभएको छ