
१८ बैशाख, सुर्खेत । सरकारले यही बैशाख ३० गते सम्पन्न गर्ने स्थानीय निर्वाचनले देश यतिवेला चुनावी माहोलमा होमिएको छ । सबैतिर यतिवेला आआफ्नो वडा तथा पालिकामा कस्ले बाजी मार्ला भन्ने चर्चा चलिरहेको छ । यसैवीच कर्णाली प्रदेशको राजधानी सु्र्खेतको वीरेन्द्रनगर नगरपालिकाको उपप्रमुख पदमा स्वतन्त्र उम्मेद्वार अनिल ढकालले आफ्नो प्रतिवद्धता सार्वजनिक गर्नुभएको छ ।
स्वतन्त्र उम्मेद्वार ढकालले “नेताले नीति बदल्ने हो, म नीति बदल्छु ।” भन्दै आफू उप-मेयर भए वीरेन्द्रनगरको विकासका लागि प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ ।
१) योजना प्रणालीलाई ब्यक्तिप्रधान हैन विधिप्रधान गराउने छु ।
२) टोल विकास संस्थाहरुलाई नगर विकासको आधारभूत तहको रुपमा स्थापित गर्नेछु ।
३) व्यवस्थित रक्तसंचार सेवा, आपतकालिन सेवा, बालअधिकार संरक्षण तथा खाद्य सुरक्षा नगरको प्राथमिकताका विषय हुनेछन् ।
४) नगर शिक्षा योजना तथा शैक्षिक प्रणालीलाई व्यवहारिक एवम बैज्ञानिक बनाउने छु ।
५) स्वास्थ्य सेवा सुबिधामा सबैको सर्वव्यापी पहुँचलाई प्रभावकारी बनाउनेछु । प्रवर्द्धनात्मक, रोकथाम, उपचार, पुनर्स्थापना र प्रशामक स्वास्थ्य सेवाहरुमा समतामूलक लगानि र विकास गर्नेछु ।
६) नगर भित्रको सार्वजनिक यातायातलाई साझेदारी प्रणालीबाट सहज, सुरक्षित र सस्तो बनाउनेछु ।
७) उत्तरी जलाधार क्षेत्रको संरक्षण गरि भु–जलको सतहमा सुधार ल्याइ पानीको समस्या समाधान गर्नेछु ।
८) प्रत्येक घर सार्वजनिक क्षेत्र र सडकमा हरियाली प्रवर्द्धन गरि वातावरणलाई स्वच्छ सफा बनाउनेछु ।
९) उपभोग्य बस्तु तथा सेवाहरुको आपूर्ति ब्यबस्थापनलाई सहज, सरल, सस्तो तथा आम उपभोक्ताको स्वास्थ्य मैत्री बनाउनेछु ।
१०) खेलकुद, युवा उद्यम, दुर्व्यवसनी नियन्त्रण कार्यक्रमलाई वडा हुदैँ टोल स्तर सम्म विकास गर्नेछु ।
११) सामुदायिक वनको संरक्षण, सम्वर्द्धन र विकास गर्दै आय आर्जनका क्रियाकलाप संचालन गर्नेछु ।
१२) सूचना प्रविधिलाई सरल, सस्तो, पहुँचयोग्य र प्रभाबकारी बनाइनेछ ।
१३) विश्वविद्यालयहरु संगको सहकार्यमा अनुसन्धान र विकास प्रणाली अपनाइ सामाजिक, सांस्कृतिक र व्यावसायिक क्षेत्रमा नविनतम् नतिजाहरु ल्याइने छन् ।
१४) हरेका क्षेत्रको विकास प्रयासमा महिला, बालबालिका, अपाङ्ग, सिमान्तकृत, अल्पसंख्यक, आदिवासी, जनजाति, दलित, जेष्ठनागरिक, विपन्न र पर्यटकहरुलाई केन्द्रबिन्दुमा राखेर नीति बनाइनेछ ।
१५) सुन्दर, सफा शहर निर्माणका लागि फोहोर, सामुदायिक पशु र हरियालीको समुचित व्यवस्थापन गरिनेछ ।
१६) सुरक्षा निकायहरुलाई सूचना प्रविधिसँग आबद्व गराउँदै अपराध नियन्त्रण गरि शान्ति सुरक्षा प्रदान गरिनेछ ।
१७) नगर विकासमा उच्च योगदान गर्ने ब्यक्ति तथा संस्थाहरुलाई उच्च सम्मान तथा पुरस्कृत गर्ने प्रणाली विकास गरिने छ ।
१८) उत्पादन तथा सेवामुलक ब्यबसायहरुको प्रवर्धन गरि शहरलाई सजिव बनाइने छ ।
१९) उपत्यका गुरु योजना र बैज्ञानिक भू–उपायोग योजनको आधारमा कृषि तथा अन्य क्षेत्रको जग्गालाई सदुपयोगमा ल्याइनेछ ।
२०) उपत्यका गुरु योजना र बैज्ञानिक भू–उपयोग योजनाको आधारमा कृषि तथा अन्य क्षेत्रको जग्गालाई सदुपयोगमा ल्याइनेछ ।
१९) ब्यापारी, व्यावसायी, कृषक, मजदुर मैत्री नीति अपनाइनेछ ।
२०) गैह्र सरकारी तथा बिभिन्न छाता संघ संस्था र विकास साझेदारहरुको नियमन, प्रवर्धन गरि नगर विकासको मुल प्रवाहमा ल्याइनेछ ।
२१) नगर प्रशासनलाई चुस्त, दुरुस्त, पारदर्शी र भ्रष्टाचारमुक्त बनाउने छु ।
Prawash Kumar Shakya । १८ बैशाख २०७९, आईतवार १६:४१ बजे