
नेपालगञ्ज (बाँके) । नेपालगन्जमा शिक्षाका बिभिन्न बिषयहरुमा सुधार गर्नका लागी ध्यानाकर्षण गराउनका लागी कार्यक्रम सप्ताह ब्यापी बैशाख १५ गते देखि सञ्चालन भैईरहेको छ ।
एनसीई नेपाल जिल्ला कार्य समिति बाँकेको आयोजनामा जय पृथ्वी नमूना सामुदायिक सिकाई नेपालगञ्जको सहकार्यमा बैशाख १५ गते कार्यक्रमको पहिलो दिनमा शिक्षक, अभिभावक र अभियन्ताहरु बीच छलफल निःशुल्क र गुणस्तरीय अनिवार्य शिक्षा सम्बन्धी सप्ताह ब्यापी अन्तरगत र्रयाली तथा छलफल गरिएको हो ।
हरेक वर्ष यो कार्यक्रम बैशाख महिनामा सप्ताह ब्यापी गर्ने गरिन्छ । शिक्षामा रुपान्तरण हुनु पर्यो, गुणस्तरीय शिक्षा, शिक्षकलाई आवश्यक तालीम, दैनिक जीवनका लागी शिक्षा हुनुपर्छ । “शिक्षाले जीवन बचाउँन्छ, शिक्षा अधिकार सुनिश्चितता गरौं” भन्ने मूल नाराका साथ बिश्वभरका नागरिक समाजहरुले मनाउने शिक्षाका बिश्व ब्यापी कार्य सप्ताह–२०२५ शुरु भई रहेको छ ।
यसरी नेपालमा शिक्षाका लागी राष्ट्रिय अभियानको आयोजनामा यसका सदस्य संस्थाहरु नागरिक समाजका अन्य संघ संस्था र सरोकारवालाहरुद्वारा अधिकारमुखी शिक्षा ऐनको सुनिश्चितता आपतकालिन अवस्थामा शिक्षा तथा सिकार्य अधिकारको सुनश्चितता तथा सबै तहका सरकारले शिक्षामा कम्तमिा २० प्रतिसत सुनश्चितता जस्ता सवालमा सरकारलाई उत्तरदायी बनाउने उद्देश्यले स्थानीय, प्रदेश र संघीय तहमा बिभिन्न दबावमूलक तथा रचनात्मक क्रियाकलाप तथा अभिभावक बीच बैशाख १५ गते देखि शिक्षाका लागी बिश्व ब्यापी अभियान बनाइदैं छ । शिक्षा सुधार गर्नका लागी सबै सरोकारवालाको ऐक्याबद्धता हुनु जरुरी रहेको छ ।
कार्यक्रममा एनसीई नेपाल जिल्ला कार्य समिति बाँकेका अध्यक्ष तारा खनाल उपाध्यक्ष भद्र प्रसाद देवकोटा नेपालगन्ज उप–महानगरपालिका वार्ड नं.–१८ सुर्खेतरोड स्थित देवतादीन माध्यमिक बिद्यालयका प्रधानाध्यपक सतिश कुमार हरिजन, शिक्षक, अभिभावक र अभियन्ताको सहभागितामा कार्यक्रम सम्पन्न भएको छ ।
Prawash Kumar Shakya । १६ बैशाख २०८२, मंगलवार १६:५८ बजे