
नेपाल पत्रकार महासंघ सुर्खेत शाखाले आफ्नो ३४ औँ स्थापना दिवसका अवसरमा आज निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । महासंघले शाखाका सदस्यलाई लक्षित गरेर स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।
कर्णाली प्रदेश अस्पतालको प्राविधिक सहयोगमा स्वास्थ्य परीक्षण शिविरमा जनरल जाँच, आँखा, दाँत, सुगर, प्रेसर, मुटु, मृर्गाैला, कलेजाेसँग सम्बन्धित राेगहरु र रक्त समूह परिक्षण गरिएको थियो । शिविरमा ७० जनाले जाँच गराएका छन् । कार्यक्रममा चिकित्सकहरु फिजिसियन डा. खेम नारायण चालिसे, नेत्ररोग विशेषज्ञ डा. शक्ति सुवेदी प्रमुख, दन्त राेग विशेषज्ञ डा. पूर्ण पाैडेल, वरिष्ठ ल्याव टेक्निसियन भरत देवकाेटा, ल्याव टेक्निसियनहरू विमला रावत, विकास गिरी, डिलमाया साेमै, अञ्जली बि.क अफ्थफाल्मिक असिस्टेण्ट आरूसा केसीले सेवा प्रदान गर्नुभएको थियो ।

Prawash Kumar Shakya । १५ बैशाख २०८२, सोमबार १५:२६ बजे