
६ बैशाख, भक्तपुर । रगत र रक्ततत्व सम्वन्धि अभिमुखिकरण विषयक अन्तरकृया कार्यक्रम आज भक्तपुरमा सम्पन्न भएको छ । भक्तपुर जेसीज र नेपाल स्वयंसेवी रक्तदाता समाजको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं सर्वाधिक स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यकाे प्रमुख वक्ता रहनुभएको थियो ।
कार्यक्रममा भक्तपुर जिल्ला रेडक्रसका रिसाेर्स पर्शन इश्वर श्रेष्ठले भक्तपुर रक्त सञ्चार सेवाका गतिविधि बारे प्रकाश पार्नुभएकाे थियो भने समाजका केन्द्रीय अध्यक्ष कर्माचार्यले रगत र रक्ततत्व सम्वन्धी प्रकाश पार्नुभएको थियो । कार्यक्रममा भक्तपुर जेसिस जुनियरका अध्यक्ष नुमा याेञ्जन र नेपाल स्वयंसेवी रक्तदाता समाज भक्तपुर जिल्ला शाखाका सल्लाहकार मुक्तिसुन्दर जधारीकाे आतिथ्यता रहेको थियो ।
सिङ्गो कार्यक्रमकाे संयाेजन नेपाल स्वयंसेवी रक्तदाता जिल्ला शाखाका अध्यक्ष सद्दाम बालाले गर्नुभएको उक्त कार्यक्रमकाे सहजिकरण भक्तपुर जेसिसका महासचिव उमेश रास्काेटीले गर्नुभएको थियोे ।
Prawash Kumar Shakya । ६ बैशाख २०८२, शनिबार २०:५३ बजे