
नेपाल पत्रकार महासंघ सुर्खेतले आफ्नो स्थापना दिवसको अवसरमा आयोजना गरेको नेपाल पत्रकार महासंघ सुर्खेत र सुर्खेत उधोग बाणिज्य संघबीच भएको मैत्रीपूर्ण फुटबल बराबरीमा रोकिएको छ ।
वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश नवनिर्मित रंगशालामा आज भएको मैत्रीपूर्ण खेलमा पत्रकार महासंघले उद्योग बाणिजय सुर्खेत सँग ४-४ गोलको बराबरी खेलेको हो । नेपाल पत्रकार महासंघ सुर्खेतको ३४ औ स्थापना दिवसको अवसरमा मैत्रीपूर्ण फुटबल प्रतियोगिताको आयोजना गरिएको हो । पहिलो हाफ २-१ ले पछाडी परेको पत्रकार महासंघले दोस्रो हाफमा ३ गोल गर्न सफल भयो । खेलको शुरुवाती ७ मिनेटमैं उद्योग बाणिज्य संघले पेनाल्टीको अवसर पाएपनि त्यसलाई सदुपयोग गर्न सकेन । त्यसको २ मिनेपछि राजु पाण्डेले १ गोलगर्दै टोलीलाई अग्रता दिलाउनु भएको थियो ।
खेलको १७ औं मिनेटमा पुन उद्योग बाणिज्य संघका अजय गुरुङले एकगोल थप्दै खेललाई २-० को अग्रता दिलाउनुभयो । खेलको २२ औं मिनेटमा पत्रकार महासंघको तर्फबाट पूर्ण सार्कीले एक गोल फर्काउनुभयो । ६० मिनेटमा झारिएको खेलको पहिलो हाफमा दबाबमा रहेको पत्रकार महासंघ दोस्रो हाफको शुरुती ८ मिनेटमै गोल गर्न सफल भयो । पत्रकार मधुवन विसीले गोलगर्दै टोलीलाई २/२ बराबरीमा ल्याउन सफल हुनुभएको थियो ।
त्यस्तै दोस्रो हाफबाट लयमा फर्किएको पत्रकारको टोली त्यसपछि भने एकपछि अर्को गोलगर्न सफल भयो । खेलको ४४ औं मिनेटमा नन्दराम जैसीको पासलाई सदुपयोगगर्दै विसीले थप एक गोलगर्दै टोलीलाई ३-२ को स्थितिमा पुर्याउनुभयो । एक गोलको अग्रताले हौसिएको पत्रकारको टोलीले खेलको ४८ औं मिनेटमा पुन एक गोल गर्न सफल रह्यो ।
खेमबुढाले मिल्ड फिल्डबाट उत्कृष्ट गोलगर्दै टोलीलाई ४-२ को अग्रता दिलाउन सफल हुनुभयो । त्यसपछि केही दबाबमा रहेको उद्योग बाणिज्य संघले खेललाई पुन सन्तुलित बनाउन सफल भयो । निकै प्रतिस्पर्धात्मक बनेको दोस्रो हाफको अन्तिम ४ मिनेटमा उद्योग बाणिज्य संघले पेनाल्टीमार्फत एक गोल गर्यो । पहिलो पेनाल्टीमा चुकेको उद्योग बाणिज्य संघको तर्फबाट मिनराज थापाले बललाई जालीमा चुमाउनुभयो । खेलको अन्तिममा पुन उद्योग बाणिज्य संघको तर्फबाट राजु पाण्डेले एक गोलगर्दै टोलीलाई बराबरीमा पुर्याउन सफल हुनुभएको थियो ।
Prawash Kumar Shakya । १४ बैशाख २०८२, आईतवार ११:५६ बजे