
पवन जायसवाल
नेपालगन्ज÷(बाँके) । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको १८ औं वार्षिकोत्सवको अवसरमा बैशाख ७ गते आइतवार बैंक कर्मचारी व्यवसार्यी लगायत ६४ जानले रक्तदान गरेका छन् ।
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड नेपालगन्ज शाखाको आयोजनामा १८ औं वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा कोहलपुर शाखाका प्रबन्धक दिनेश कुमार ढंगाना र नेपालगन्ज शाखाका प्रबन्धक बिनोद कुवँरले प्रादेशिक रक्त सञ्चार सेवा केन्द्र नेपालगन्जका प्राविधिक सोम प्रकाश सापकोटालाई सुनिता ओली, बर्षा कुमारी खडकालाई प्राबिधिक सन्दिप आचार्यलाई संयुुक्त रुपमा रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो ।
१८ औं वार्षिकोत्सवको अवसरमा सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडद्वारा आयोजित रक्तदान कार्यक्रममा कोहलपुर शाखाका प्रबन्धक दिनेश कुमार ढुंगाना, बिजय कुमार झाँ, भूमिका ओली, सुनिता ओली, बर्षा कुमारी खडका, हिमा ओली, गोरख बहादुर थापा, लक्षमण बिसी, दिपक शर्मा, प्रताप सिंह बुढा, टिम बहादुर थारु, बिवेक कुमार बैश्य, याम नारायण महतो, गणेश खनाल, तुलसी महता, राज कुमार थारु, तेजेश्वर चौधरी, सन्दिप श्रेष्ठ, मोहम्मद फैजान अन्सारी, संगीता धिताल, बिरेन्द्र बहादुर हितान, अमृत खत्री, अभिशेष ओली, दिनेश काँदू, आयुष थापामगर, बिकास खडका, रितेशराज पोखरेल, सुष्मा कुमारी थापामगर, प्रमोद कुमार थारु, दिक्षा मोबोलिम्बु, बसन्त भण्डारी, सुरेन्द्र कुमार थारु, बिशाल चौधरी, सन्दिप खनाल, बिमल बम, बिष्णु गुप्ता, शैलेश शर्मा, दीपशिखा खडका, अमृत अधिकारी, रोजन परियार, बसन्ती अर्गताली, अशोक बिक्रम साह, बिशाल ओली, भावना सुनार, मोहित गुप्ता, सन्तोष काँजी शाक्य, गीता कुमारी भुषाल, सुबोध श्रेष्ठ, बसन्त कुवँर, सागर खडका, लक्षमण कुमार भरोसा, पत्रकार जागेशवर सिंह थारु, केशव खत्री, बिजय कुमार अधिकारी, शंकर कुवँर, हिकमत चौधरी, कबिन शाक्य, सुरक्षा गार्ड धन बहादुर सिंह, पेमा सिरिङ्ग लामा, लुनदीप तामाङ्ग, स्वस्तिका खडका, प्रदी ओली, टिसिरिङ्ग शेर्पा लामा, सुनिल चौधरी लगायत ६४ जनाले रक्तदान गरेका छन् ।
रक्तदाताहरुलाई प्रमाणपत्र क्षेत्रीय उप–प्रबन्धक बिनय गौतम, गुलरिया शाखाकी प्रबन्धक तेजिता आचार्य, कोहलपुर शाखाका प्रबन्धक दिनेश कुमार ढुंगाना, नेपालगन्ज शाखाका प्रबन्धक बिनोद कुवँर, सुवोध आचार्य लगायतले वितरण गर्नुभएको थियो ।
सो अवसरमा चन्द्र कुमार ऐर, सुवोध आचार्य, शशी महतो, कृति बेल्बासे, गात्री शर्मा, शशीराज चौधरीको सक्रिय सहभागिता रहेको थियो भने कोहलपुर शाखाका प्रबन्धक दिनेश कुमार ढुंगानाको अथक प्रयासमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित प्रादेशिक रक्त सञ्चार सेवा केन्द्र नेपालगन्जका सोम प्रकाश सापकोटा, सन्दिप आचार्य, दिनेश आले, प्रभुदयाल गोडिया र बीरेन्द्र योगीले प्राविधिकमा सहयोग गर्नुभएको थियो ।
यसैगरी १८ औं वार्षिकोत्सवको अवसरमा सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड बैशाख ७ गते आइतवार सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड नेपालगन्ज शाखा, कोहलपुर शाखा, सनोश्री शाखा, बढैयाताल शाखा, गुलरिया शाखा गरी ५वटा शाखाबाट बैंक कर्मचारीहरुको सहभागितामा नेपालगन्जको शाखाबाट प्रभातफेरीको आयोजना गरिएको थियो ।
धम्बोझी चौक, सेतुबिक चौक, न्यूरोड हुँदैं घरवारीटोल भएरनेपालगन्ज शाखामा समापन भएको थियो । प्रभातफेरीमा सिटिजन्स बैंक इन्टरनेशनलका क्षेत्रीय उप–प्रबन्धक (कलष्टर नं.१ का प्रमुख बिनय गौतम, तेजिता आचार्य, दिनेश कुमार ढुंगाना, बिनोद कुवँर, सुवोध आचार्य, सुनिता ओली, नृप खत्री, लक्ष्मी वर्मा, निशा बर्मा, बर्षा कुमारी खडका, गायत्री शर्मा, शशीराज चौधरी, गुञ्जलता गुप्ता, रेनुका रोका, शशी कुमारी महतो, कृति बेल्बासे लगायतको सहभागिता रहेको थियो ।
यस अघि गएको वर्ष २०८१ साल बैशाख ७ गते १७ औं सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २७ जनाले रक्तदान गरेका थिए ।
यस्तै सुर्खेतमा पनि बैंकले आफ्नो १८औं बार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा १९ पिन्ट रगत संकलन गरिएको थियो
ईसाइ एकता समाज क्षेत्र नं. १ ले पनि मेहेलकुना बजार सुर्खेतमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा ३४ पिन्ट रगत संकलन गरिएको नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र सुर्खेतका प्राविधिक विकास गिरीले जानकारी दिनुभयो ।
Prawash Kumar Shakya । ७ बैशाख २०८२, आईतवार १६:०७ बजे