“फेरे पछि रङ्ग” फिमेल भर्सन सार्वजनिक (भिडियोसहित)


२ बैशाख, सुर्खेत । सुर्खेती कलाकार तथा सर्जक भरत शाही ठकुरीले गतबर्ष बैशाख ३१ गते सार्वजनिक गित “फेरे पछि रङ्ग” को फिमेल भर्सन आज सार्वजनिक गर्नुभएको छ । कलाकार शाहीले आफ्नै युट्युब च्यानल भरत शाही अफिसियलबाट गित सार्वजनिक गर्नुभएको हो ।

लेखु सहयात्रीको शब्द तथा संगित रहेको गितमा फिमेल स्वर अहिलेकी चर्चित गायिका समिक्षा अधिकारीको रहेको छ भने कोरस स्वर स्वयम् भरत शाहीको साथमा भिष्म आचार्य दिनुभएको छ । मनोज राज अधिकारीले निर्देशन गर्नुभएको गितको प्रस्तुतकर्ता भरत शाही ठकुरी हुनुहुन्छ । शाहीले सम्पूर्ण संगितप्रेमीहरुलाई आफ्नो गितहरु हेरेर प्रतिकृया दिन अनुरोध गर्नुभएको छ ।