
१३ बैशाख, काठमाडौं / २०५२ सालदेखि ४/४ महिनाकाे अन्तरालमा नियमित रक्तदान कार्यक्रमकाे आयाेजना गर्दै आइरहेको भक्तपुर बिकास सहयोग संघ, गंगादेवी चूचाेल टाेल सुधार समिति र नेपाल रेडक्रस साेसाइटी बानेश्वर उपशाखाले संयुक्त रुपमा रक्तदान कार्यक्रम गरेको छ ।
नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं सर्वाधिक स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा ४० पिन्ट रगत संकलन गरिएको छ ।
उमेश तण्डुकारद्वारा संयाेजन गरिएको साे कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय सदस्य डाेटी जिल्लाका सुशील घर्ती क्षेत्रीकाे आतिथ्यता रहेकाे थियोे । कार्यक्रममा रक्तदान गर्नुहुने स्वयंसेवी रक्तदाताहरूलाई प्रमुख नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं सर्वाधिक स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यद्वारा प्रशंसा-पत्र वितरण गर्नुभएको थियो ।
Prawash Kumar Shakya । १३ बैशाख २०८२, शनिबार ०१:३४ बजे