साझा घर नेपाललाई सुर्खेत बहुउद्देश्यीयको खाजा सहित आर्थिक सहयोग



३०,साउन सुर्खेत । वीरेन्द्रनगर नगरपालिका वडा नः०४मा रहेको साझा घर नेपाललाई सुर्खेत बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर–०६,सुर्खेतले आर्थिक सहयोग गरेको छ ।

वीरेन्द्रनगर नगरपालिका वडा नः०६को सुर्खेत बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो २१ औं स्थापना दिवसको अवसरमा साझाघर नेपाललाई रु ३० हजारको आर्थिक सहयोग गर्नुका साथै साझा घरमा रहनु भएका ५४ जना बाल–बालिका सहित ७० जनालाई दिवा खाजा वापत खीर–तरकारी खुवाएको थियो ।

सहकारी संस्थाका अध्यक्ष पूर्णबहादुर नेपालीको अध्यक्षतामा सम्पन्न सहयोग वितरण कार्यक्रमका प्रमुख अथिति वीरेन्द्रनगर नगरपालिका वडा नः०४का वडा अध्यक्ष शेरबहादुर केसीले सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।

केसीले भन्नु भयो कि, हामिले हाम्रो कार्यकालमा साझाघर नेपाललाई आर्थिक,भौतिक सहयोग गर्नुका साथै साझा घरलाई बाह्य सहयोग जुटाउने कार्यमा अग्रसर भई लागी पर्ने बताउनु भयो ।


संस्थाका प्रबन्धक प्रवेशमान मानन्धरले स्वागत मन्तव्य दिनु भएको थियो कार्यक्रमा वीरेन्द्रनगर नगरपालिका वडा नः०४ का सदस्य अम्मर बहादु कार्कि,संस्थाका कोषाध्यक्ष सुरेशबहादुर गौतम,सदस्यहरु इन्द्रबहादुर थापा, ध्रुबबहादुर शाही, कर्जा उपसमिति संयोजक महेश्वर तिवारी, महिला परिचालन उपसमिति संयोजक चन्द्रा खड्का लामिछाने, परियोजना संयोजक बालकृष्ण श्रेष्ठ, कर्जा उपसमिति सदस्य रामप्रसाद पाण्डे,परियोजना उप–समिति सदस्य उषा सिंह मल्ल र संस्थाका कर्मचारीहरुकोे उपस्थित रहेको थियो ।

साझा घर नेपालका सचिव तपेन्द्र बि.क.ले संस्थाको स्थापनाकाल देखि हाल सम्मको अवस्थाको बारेमा जानकारी गराउनुका साथै साझा घरलाई संचालनमा स्थानीय सरकारलाई सहयोगका लागि अनुरोध समेत गर्नु भएको थियो ।