
मिलन श्रेष्ठ ।
सुर्खेत, १३ असोज । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, जहां बढ्दो यातायातको चापले सधै व्यस्थ रहने सडक, त्यसमा पनि सुब्बाकुना देखि बांगेसिमल सम्म निर्माणाधिन चार लेने सडक भनेको समयमा निर्माण हुन नसक्दा धुलो र धुवाका कारण सर्वसाधारणले खेप्नु परेको सास्ती अर्काेतीर छ भने बिगत केहि समय यता बढ्दो टेम्पोका कारण वीरेन्द्रनगर र यसका आसपासमा दैनिक रुपमा टेम्पो दूर्घटना कारणले अनाहकमा ज्यान गुमाउनेहरुको संख्या बढी रहेको बेला शनिवार सांझ टेम्पो दूर्घटना भएको छ ।
सुर्खेतको इत्राम देखि सवारी लिएर वीरेन्द्रनगर,९ अलायचौरतिर गईरहेको सिद्धपाईला यातायात व्यवसायी संघको भे.१.ह.१०२३ नम्बरको टेम्पो सांझ ७ बजेतीर लाटीकोईलीको शिव मन्दिर नजिकै दूर्घटना हुदा ४ जना घाईते भएका छन् ।

प्रत्यक्षदर्शिहरुका अनुशार वीरेन्द्रनगर देखि अलायचौरतीर गईरहेको टेम्पोको तिब्रगतिका कारण, टेम्पो सडक देखि ५० मिटर तल बारीमा गई दूर्घटना भएको थियो । भने दूर्घटानामा परी वीरेन्द्रनगर नगरपालिका ९ की १९ बर्षिय रीया बि.क. सोही स्थानका १८ बर्षिय ललित बि.सी, ३५ बर्षिय तारा वि.सी. वीरेन्द्रनगर,९ निवासी २२ बर्षिय टेम्पो चालक बिकास रोकाय पनि दूर्घटनामा परी घाईते भएका छन् भने चालक रोकायले ब्रेक फेल भएर दूर्घटना भएको जनकारी दिए । हाल घाईतेहरुको स्थानिय माया नसिंग होम र क्षेत्रिय अस्पताल कालागाउमा उपचार भईरहेको छ भने घाईतेहरुको अवस्था खतरा मुक्त रहेको छ ।



Milan Shrestha । १३ आश्विन २०७५, शनिबार २२:२६ बजे