व्यूटीसियन शाक्य सम्मानित


६ माघ, काठमाण्डौं । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालित मोन्टी ब्यूटी पार्लरका व्यूटीसियन प्रमी शाक्य (खड्का) काठमाण्डौंमा जारी दोश्रो नेपाल व्यूटीसियन एण्ड फेशन अवार्ड-२०७९ कार्यक्रममा Best Motivation Beautician of The Year 2079 अवार्डबाट सम्मानित हुनुभएको छ ।

विगत २५ बर्ष देखि वीरेन्द्रनगर सञ्चालित मोन्टी व्यूटी पार्लरले विभिन्न समयमा विपन्नवर्गहरुलाई पार्लर सम्वन्धी तालिमहरुपनि दिँदै आएको छ ।

सम्मान ग्रहण गर्दै पार्लरकी सञ्चालिका व्यूटीसियन शाक्यले यो सम्मानले आफूमा अझै काम गर्नलाई थप उर्जा प्राप्त गरेको बताउनुभयो ।