विश्व रक्तदाता दिवसको अवसरमा गुल्मीमा अभिमुखिकरण कार्यक्रम


३१ जेठ, गुल्मी । विश्व रक्तदाता दिवसको अवसरमा रेसुङ्गा बहुमुखी क्याम्पस गुल्मीमा रक्तदान सम्वन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा गुल्मी अस्पतालका बरिष्ठ ल्याव टेक्निसियन  लक्ष्मण पन्थीले मानिसको जीवनमा रगत र रक्ततत्व अति आवश्यक भएकोले १८ बर्ष उमेर देखि रक्तदान गर्न सकिने बताउनुभयो । पन्थीले कस्ता व्यक्तिले रक्तदान गर्ने? रगत कति प्रकारको हुन्छ? भन्ने बारेमा जानकारी दिनुभएको थियो ।

त्यस्तै कार्यक्रमका सभापति नमराज मरासिनिले मानव जीवन बचाउनकालागि प्रत्येक स्वस्थ व्यक्तिले रक्तदान गर्नुपर्ने बताउनुभयो । यस्तै कार्यक्रममा विषेश अतिथीहरु गुणानिधी पाण्डे शर्मा, नेपाल स्वयंसेवी रक्तदाता समाज केन्द्रिय सदस्य ध्रुब पाण्डे अतिथि बिष्णु ध्वज जिसी कमल प्रसाद शर्मा, विर बहादुर कार्की, श्याम पन्थी, झवि पान्डेले आआफ्नो भनाई राख्नुभएको थियो  ।

नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रिय सदस्य ध्रुव पाण्डेले यसबर्षको नारा “Give Blood,Give Plasma,Share life,Share Often” “रगत तथा प्लाज्मा नियमित दान गराैं,जीवन बचाउने कार्यमा ऐक्यबद्ध हाेऔं” मुल नारालाई आत्मसाथ गर्दै कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुभयोव ।