प्रदेश प्रमुखद्वारा धान दिवसको शुभकामना व्यक्त


१५ असार, सुर्खेत । कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले २०औं धान दिवसको उपलक्ष्यमा शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रदेश प्रमुख परियारले आज एक शुभकामना सन्देश जारी गर्दै शुभकामना व्यक्त गर्नुभएको हो । सन्देशमा कृषि प्रधान हाम्रो मुलुकमा खाद्यान्नको प्रमुख आधारको रुपमा रहेको धानको उत्पादनलाई महत्व दिँदै कृषकको मनोवल उच्च बनाई उहाँहरुको श्रमको सम्मान गर्ने उद्देश्यले नेपाल सरकारले प्रत्येक बर्ष असार १५लाई राष्ट्रिय धान दिवसका रुपमा मनाउँदै आएको छ । रोपाई गरिएको खेतमा नै गएर दहीच्यूरा खाने चलन युगौयुगान्तर चलिआएको असार १५ लाई दहीच्यूरा खाने दिन पनि भनिन्छ ।

असार महिनालाई “मानो रोपेर मुरी उब्जाउने ” दिन पनि भनिन्छ । कृषि प्रधान देश नेपालले कृषिमा आत्मनिर्भर बन्न र मुलुकको अर्थतन्त्रलाई सुदृढ गरि कृषिमा आधुनिकिकरण गर्दै उत्पादन गर्ने तर्फ ध्यान दिँदै कृषि प्रति आकर्षित हुँदै आत्मनिर्भर बन्न सबैलाई प्रेरणा मिलोस भन्ने शुभकामना सन्देश दिनुभएको छ ।