
२२ साउन, सुर्खेत । केहीदिन अगाडी अधिवक्ता भगवती पाण्डे शितलले एक टिभी कार्यक्रममा दिइएको अन्तवार्तामा लिएर यतिवेला जनजाति समुदाय आन्दोलनमा होमिएका छन् । यसैवीच विरोध स्वरुप आज तामाङ्ग घेदुङ्ग समाज र नेपाल मगर संघले देशभर जिल्ला प्रशासन कार्यालय मार्फत सरकारलाई पाण्डेलाई कारवाही गर्नकालागि ज्ञापन पत्र बुझाएको छ ।
सुर्खेतमा नेपाल तमाङ्ग घेदुङ्ग समाज र नेपाल मगर संघ सुर्खेतले संयूक्तरुपमा जारी ज्ञापन पत्रमा अधिवक्ता पाण्डको अभिव्यक्तिले नेपालको बहुजातिय बहुधार्मिक र बहुसाँस्कृतिक समाजको धार्मिक र साँस्कृतिक सहिष्णुता माथि खलल पुग्न गएको हुँदा नेपालको संविधान अनुसार कारवाही गर्न माग गरिएको छ । साथै पाण्डेलाई पक्राउ गरिएको केही घण्टामा नै जमानीमा छोड्ने आदेशले झनै मर्माहत बनाउने पत्रमा उल्लेख गरिएको छ । त्यस्तै पाण्डेको अभिव्यक्ति विरुद्धको शान्तिपूर्ण आन्दोलनमा प्रहरीद्वारा गरिएको ज्यादति विरुद्धपनि प्रहरीलाई कार्वाही गर्नुपर्ने माग पत्रमा गरिएको छ ।




Prawash Kumar Shakya । २२ श्रावण २०८०, सोमबार १६:३७ बजे