संस्थागत क्षमता विश्लेषण कार्यक्रम सम्पन्न


मिलन श्रेष्ठ
सुर्खेत, २९ चैत ।
यूएसएआईडिको आर्थिक सहयोग, एफ.एच.आई ३६०, सुन्दर नेपाल संस्थाको साझेदारीमा र नेपानको सहजीकरणमा संचालित पारस्परिक जवाफ देहिता परियोजना अन्तर्गत ५  दिने संस्थागत क्षमता विश्लेषण कार्यक्रम बिहिबार सम्पन्न भएको छ ।
संस्थाका कार्यकारी निर्देशक भुपेन्द्र प्रसाद कडेंका अनुसार क्षमता बिश्लेष कार्यक्रम प्रभावकारी हुनुका साथै संस्थागत बिकासका लागी यस्तो प्रकारको तालिमहरुको आवश्यता रहेको बताए । संस्थागत रुपमा कार्य गर्दे जाँदा गल्ति र त्रुटि नभएर भएका कमी कमजोरीहरु लाई उक्त कार्यक्रमले सहयोग गर्ने कुरामा जोड दिए ।


सुन्दर नेपाल संस्थाअन्तर्गत पारस्परिक जवाफ देहिता परियोजनाका कार्यक्रम संयोजक खिम रेग्मीले,संस्थामा हाल भईरहेका सकरात्मक अभ्यासलाई निरन्तरता दिदै अन्य थप सुधार गर्नुपर्ने क्षेत्रहरुलाई सुधार गर्दै लैजाने उद्देश्य रहेका बताए । संस्थागत बिकासका लागी आवश्यक ७ वटा सुचक अन्तर्गत रहेका ३९ वटा सहायक सुचकहरुको बारेमा लेखा–जोखा सहित बिश्लेषण गरिएको थियो ।
स्थानिय स्तरका समस्याहरुको पहिचान गर्ने र पहिचान भएका समस्याहरुको सवाल प्रति समुदाय स्तर,जिल्ला स्तर र राष्ट्रिय स्तरमा पैरवी गर्ने यस कार्यक्रमको मुख्य उद्देश्यले सन् २०१७ फेब्ररी देखी २०२० फेब्ररी सम्मका लागि यस परियोजना लागु भएको छ । परियोजना सुर्खेतको भेरीगंगा, लेकवेशी नगरपालिका, दैलेख जिल्लाको नारायण नगरपालिका र गुरांस गाउपालिका यसै गरी जाजरकोट छेडा गाड र भेरी नगरपालिका कार्यक्रम लागु भएको छ ।
रेग्मीका अनुशार समुदायका व्यक्तिहरुलाई नागरिक समाज र संचारमाध्यम सम्मको पहुच पुर्याउनु का साथै प्रभावकारी बिकासका लागी अनुगमन गर्ने समेत बताए । गएको आईतबार देखि संचालन भएको संस्थागत क्षमता बिश्लेषण कार्यक्रममा संस्थाका अध्यक्ष हेमप्रकाश भुषाल, अनुगमन तथा मूल्यांकन निर्देशक शिवप्रसाद जैसी लगाएत समिती एवंम् उपसमितीका पदाधिकारीहरुको उपस्थित रहेको कार्यक्रममा नेपाल सहभागी मुलुक कार्य समूह (नेपान) क्षमता बिकास बिज्ञ गोविन्दराज पौडेल, नेपालका पारस्परिक जवाफदेहीता परियोजनाका कार्यक्रम संयोजक दिबेश सायमी र एफ.एच.आई ३६० का क्षमता विकास व्यवस्थापक रत्नवावा तन्डुकारले कार्यक्रमको सहजीकरण गरेका थिए ।