ललितपूरमा ४३ पिन्ट रगत संकलन


२८ पौष, ललितपुर । अभिबादन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड ललितपूरले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत आज रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं नेपालकै सर्वाधिक रक्तदाता,”रक्तदाता सम्राट”,”राष्ट्रिय रक्त नायक” “रगत महानायक” लगायत अन्य बिभिन्न बिभूषणबाट बिभूषित स्वयंसेवी रक्तदाता प्रेमसागर कर्माचार्यले रक्त संकलन थैली हस्तान्तरण गरि शुभारम्भ गरिएको कार्यक्रममा अतिथिहरू क्रमश: नेपाल स्वयंसेवी रक्तदाता समाज ललितपुर जिल्ला शाखाका सचिब राजन महर्जन, नेपाल स्वयंसेवी रक्तदाता समाज महालक्ष्मी नगर वडा नम्बर ६ का अध्यक्ष एवं जिल्ला सदस्य दशबहादुर महर्जनको उपस्थिति रहेको थियो ।

सहकारीका स्वास्थ्य उप-समितिका संयाेजक सुदर्शन महर्जनकाे संयाेजन रहेकाे कार्यक्रमका सभापति अभिवादन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष किशाेर महर्जनले र प्रमुख अतिथि कर्माचार्यले संयुक्तरुपमा रक्तदाताहरुलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा आयाेजकहरू बीच रगत र रगतबाट तयार पारिने रक्त-तत्वहरूकाे महत्त्व बारे प्रमुख अतिथि कर्माचार्यले अन्तरक्रिया मार्फत जिज्ञासाहरू मेटाउनुका साथै रक्तदान कार्यक्रमलाई बार्षिकमा मात्र सिमित नराखि कम्तीमा पनि ६ महिनाकाे अन्तरालमा भएपनि आयाेजना गरिदिनु हुन गरिएको आग्रह गर्नुभएको थियो ।

कार्यक्रमा महिला र पुरुष गरि ४३ जना रक्तदाताहरूले रक्तदान गर्नुभएकाे थियो ।