बागबजारमा रक्तदान तथा निःशुल्क स्वास्थ्य परिक्षण


२४ चैत्र, काठमाडौं / नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यतामा बागबजार स्थित पाणिनि बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत एक बिशेष कार्यक्रमको आयोजना गरि सम्पन्न गरिएको छ ।

विकल्प रहित रगतको आपूर्तिमा सहयोग पुय्राउने हेतुले रक्तदान, नयाँ वर्ष २०८१ को क्यालेन्डर लोकार्पणका साथै नि:शुल्क स्वास्थ्य (जनरल फिजिसियन, दन्त, मधुमेह र रक्तचाप) शिबिरको उद्घाटन एक समारोह बीच नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यद्वारा रक्त संकलन थैली हस्तान्तरण गरि गर्नुभयो ।

संस्थाका अध्यक्ष शेषनारायण पोखरेलको सभापतित्वमा आयोजित कार्यक्रममा अतिथिहरू क्रमशः निवर्तमान अध्यक्ष जयराम पोखरेल, संस्थापक सदस्य कृष्णप्रसाद पोखरेल, नारायण पोखरेल र निम्स क्लिनिकका सञ्चालक श्रीराम ढकाल रहनु भएको थियो । टोपलाल अधिकारीको संयोजन रहेको कार्यक्रमको सञ्चालन सुबाष पोखरेलले गर्नुभएको थियो ।

कार्यक्रममा महिला तथा पुरूष गरि जम्मा ४८ जनाले रक्तदान र ९४ जनाले स्वास्थ्य परिक्षण गराउनु भएको थियो ।