

अवार्ड लिड करिश्मा स्टेज चढ्दा सम्माननिय उपराष्ट्रपति नन्दकिशोर पुनः करिश्मालाई अवार्ड प्रदान गर्न पर्खेर बसेका थिए । उपराष्ट्रपतिसँगै वलिउड स्टार अभिनेता सत्रुघन सिन्हा करिश्मालाई खादा लगाउन तयार थिए ।
तर उपराष्ट्रपतिले अवार्ड थमाउँदा करिश्माले एक हात मात्र अघि सारिन् । करिश्मा बाहेक एलजी फिल्म अवार्ड लिँदैगर्दा अन्य सबै विजेताले दुई हात अघि सारेका थिए ।
माथी उल्लेखित तश्विरमा देख्न सक्नुहुन्छ सम्माननिय उपराष्ट्रपतिले दुई हातले करिश्मालाई अवार्ड थमाउँदा उनि भने एक हात मात्र अघि सारेर अवार्ड समाएकी छिन् । नेपाली परम्परा अनुसार देशको या समाजको सबैजसो विशिष्ट व्याक्तिहरुको सम्मानमा दुई हात जोडेर नमस्कार गर्ने परम्पराले नै जो कसैको सम्मानमा पनि दुई हात जोड्नुपर्छ, (पुर्याउनुपर्छ) भन्ने ज्ञान सबैलाई छ ।
तर राष्ट्रकै दोश्रो विशिष्ट ओहदा उपराष्ट्रपति पदमा आसिन नन्दकिशोर पुनः सहितका विशिष्ट व्याक्तिहरु सहितको ‘वेटी स्टेज’मा पुग्दा पनि पछिल्लो समय घमण्डी अभिनेत्रीको उपमा पाएकी करिश्माको घमण्ड थाती रह्यो या उपराष्ट्रपति पदको अपमान हो यो ? चर्चा गर्न लायक विषय छ ।
पछिल्लो समय नयाँ शक्ती पार्टीमा लाग्दैगर्दा आलोचनाकी केन्द्र बनेकी करिश्मा यो हर्कतले पुनः एकपटक आलोचित बन्ने पक्का छ ।
साभारः फिल्मीखबर अनलाइन
Prawash Kumar Shakya । २६ भाद्र २०७३, आईतवार १५:५० बजे