दक्षिण पूर्व इंगल्यान्डका महिला अत्यधिक सेक्सी


दक्षिण पूर्वी बेलायतका महिला अन्य स्थानमा महिलाको तुलनामा बढी हस्तमैथुन गर्ने गरेको एउटा नयाँ सर्बेक्षणले देखाएका देखाएको छ । यी महिलाको यौन चाहना आम पुरुषको भन्दा पनि बढी हुने गरेको पाइएको छ । तर लन्डनमा भने पुरुषहरु अत्यधिक सेक्सी साबित भएका छन् । उनीहरुले सातामा ६ पटक नै हस्तमैथुन गर्ने गरेका छन् । उता दक्षिण पूर्वका महिलामा भने सातामा सातै दिन यस्तो काम गरेको सर्बेक्षणले देखाएको हो । बेलायती महिला सातामा तीन दिन सेक्स टोयमा नै बिताउने गरेका छन् । सर्बेक्षणमा १८देखि ५० वर्ष उमेर समूहका ३ हजार बयस्कको छनौट गरिएको थियो । सहभागीमध्ये आधा रिलेसनसिपमा थिए भने बाँकी आधा एकल थिए ।

सुरुमा उनीहरुलाई औसत मानिसले भन्दा बढी वा न्यून कत्तिको हस्तमैथुन गरेको जस्तो अनुभूति हुन्छ भन्ने प्रश्न गरिएको थियो । ७७प्रतिशत महिलाले अन्यले भन्दा बारम्बार हस्तमैथुन गरेको बताए ।

६८ प्रतिशत पुरुषले आफूहरुले औषत पुरुषले भन्दा कम हस्तमैथुन गरेको बताए । उनीहरुलाई हस्तमैथुन गर्दा सेक्स टोय प्रयोग गरे नगरेको विषयमा जिज्ञासा राखिएको थियो । सहभागीमध्ये ८९ प्रतिशत महिला र ४१ प्र्रतिशत पुरुषले हस्तमैथुन गर्न ती सामाग्री प्रयोग गरेको बताए ।

साताको अन्तमा महिलाले बढी हस्तमैथुन गर्ने गरेको पनि सर्बेक्षणले देखाएको छ । बिदाको दिन मनाउन पुरुष बाहिर जाने भएकोले महिलाले साताको अन्तयमा बढी हस्तमैथुन गरेको बताइएको छ ।

यस रोचक सर्बेक्षणलाई डब्लुडब्लुडब्लु डट भौचर कोड्स प्रो डट युकेले सार्वजनिक गरेको हो । सो संस्थाका जर्ज चाल्र्स भन्छन्, ‘धेरै महिलाहरु यौन गतिविधि विशेष गरी हस्तमैथुन गर्न इच्छुकहुदा रहेछ भन्ने खुलासा हुनु निकै रमाइलो पक्ष हो,’ उनले भने । एक दशकअघि यस्तो आकडा निकै न्यून भएको पनि उनले बताए । ‘लन्डनमा पुरुषहरु धेरै हस्तमैथुन गर्नुमा व्यस्तता र तनाबपूर्ण जीवनशैली हुन सक्छ,’ उनी भन्छन् ।

स्वास्थ्यका लागि हस्तमैथुन राम्रो

हस्तमैथुनले सुगर, प्रोटेस्ट क्यान्सर लगायतका धेरै रोग निको पार्ने विज्ञहरु बताउछन् । युनिर्भसिटी अफ सिड्नीका वैज्ञानिक एन्थोनी सान्थेला र उनका सहकर्मी स्पिङ चेनो कुपरका अनुसार हस्तमैथुनले पिसाबसँग सम्बन्धित संक्रमणको समाधान गर्छ । स्व आनन्दमा डुब्दा टाइप टु डायबिटिजको खतराबाट मुक्त गर्ने उनी बताउछन् । हस्तमैथुनले दिमाग शान्त बनाउने तथा इन्सोमिनालाई घटाउछ ।

साभारः स्वास्थखबर पत्रिका