छुट्टिनै चाहन्नन् यी जुम्ल्याहा दिदीबहिनी


प्राय जुम्ल्याहा बच्चाहरु एउटै लुगा लगाउनदेखि लिएर समान गतिबिधि देखाउछन् । उनीहरुको बिचार र भावना पनि करिब करिब मिल्छ । तर जन्मदै एउटै शरिर भएर जन्मिएका थाइलेन्डका जुम्ल्याहा भने दुई खुट्टाकै भरमा दुईओटा शरिर धान्न बाध्य छन् । सात वर्षीय पिन र पानको छुट्टा छुट्टै टाउको, हात पाखुरा छन् तर कम्मर मुनि भने एउटै शरिर छ ।
पिनले एउटा खुट््टामा धानिने प्रयत्न गर्छिन भने अर्की अर्को खुट्टामा । यो जोडि हिड्न, कपडा लगाउन खान र साइकल चढ्न पनि एउटै बच्चाले जस्तो सिकिरहेको छ । शरिर जोडिएका प्राय जुम्ल्याहा छुट्टिन रुचाउन । चिकित्सकले दुई दिदीबहिनीलाई छुटउन सकिने सम्भावना देखाएका थिए । तर उनीहरु शारीरिक र मानसिक रुपमा यति नजिक छन् की सधै सँगै बस्न रुचाउछन् ।
शरिर जोडिएर बच्चा जन्मनु निकै दुर्लभ घटना हो । हरेक २५ लाखमा शरिर जोडिएका जुम्ल्याहा जन्मिने गरेका छन् ।
उत्तरी वैंककका यी जुम्ल्याहा प्राय निकै खुसी देखिने उनहरुकै हजुरबुबा र हजुरआमा बिताउछन् । ‘उनीहरु गाउन र आइसक्रिम खान मन पराउछन् । एक अर्कालाई लुगा लगाउन सहयोग गर्छन,’ उनीहरु भन्छन् । अहिले यो दुर्लभ जोडि भ्याङमा चढ्न सिकिरहेको छ ।
लामो दूरी हिड्न उनीहरु तीन पाग्रे साइकलको प्रयोग गर्छन् । विद्यालयमा शिक्षकहरुले नै ह्विल चेयरमा एक ठाँउबाट अर्को ठाँउमा लगिदिन्छन् । विद्यालयका अन्य साथी र शिक्षकमाझ यी जुम्ल्याहा निकै लोकप्रिय छन् ।
शिक्षा पाएपछि जुम्ल्याहा नातिनी भविष्यमा स्वतन्त्र भएर बाँच्ने अपेक्षा गरेकी छिन हजुरआमा । ‘पिन र पानको विशेष क्षमता छ, भविष्यमा उनीहरुले चमत्कारिक कार्य गरेर देखाउनेछन,’ विद्यालयका प्राध्यानाध्यापक भन्छन् ।
नातीनिलाई युनिर्भसिटी सम्म पढाएर डाक्टर बनाउने हजुरआमाको धोका छ । नातिनी चिकित्सक बनेर आफू जस्तै अन्य जुम्ल्याहाको सेबा गरुन भन्ने उनी चाहन्छिन् । त्यसो त सुरुमा एउटै शरिर भएका जुम्ल्याहा नातिनी देख्दा उनको मन सा–है कुडिएको थियो । तर अहिले उनीहरुलाई उचित शिक्षा दिने योजनामा छन् हजुरआमा ।
साभारः स्वास्थ खबर पत्रिका