रक्त सञ्चारकाे मूल स्राेत भनेकै स्वयंसेवी रक्तदाताहरुः राज्यमन्त्री खान


३२ जेठ, काठमाण्डौं । नेपाल स्वयंसेवी रक्तदाता समाज केन्द्रीय समितिले काठमाण्डौंमा विश्व रक्तदाता दिवस मनाएको छ ।

समाजले यसपटकको नारा “20 years of celebrating giving : Thank you, blood donors !” “रक्तदाताहरूलाई धन्यवाद अर्पणका बिसाैं वार्षिक समारोह !” मनाएको हो ।

कार्यक्रमका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हसिना खानले रक्त संकलन थैली स्वयंसेवी रक्तदाता अमरि रञ्जितकारलाई हस्तान्तरण  गरि  कार्यक्रमकाे उद्घाटन एवं रक्तदान शुभारम्भ गर्नुभएको थियो । प्रमुख अतिथि राज्यमन्त्री खानले रक्त सञ्चारकाे मूल स्राेत भनेकै स्वयंसेवी रक्तदाताहरु भएको बताउनुभयो । उहाँले भन्नुभयो  ‘हामीले हामीसंग भएको सिमित स्राेत साधनकाे माध्यमबाट रक्त सञ्चार सेवालाई सबैको पहुँकाे बिषय पूर्णरूपमा बनाउन सकिएकाे छैन । यद्यपि याे स्वयंसेवीहरू कै बलबुताबाट हालकाे परिणाम हात पार्न सफल भइरहेका छाैं । शुरूकाे वर्ष १५७ जनाबाट रक्तदान गराउँदै अहिलेसम्ममा लाखौंको संख्यामा रक्तदाताहरूबाट रक्तदान गराउन सफल भइसकेको अवस्था छ । भने हामीले समयसापेक्ष गुणस्तरीय प्रबिधिहरूकाे प्रादुर्भाव भने सन्ताेषजनक तवरले गर्न सकिएको छैन ।”

राज्यमन्त्री खानले “रक्तदाताहरूलाई धन्यवाद अर्पणका बिसाैं वार्षिक समारोह !” मूल नाराका साथ हामी बिश्व रक्तदाता दिवसकाे बिशेष समारोहमा छाैं । संसारभरका स्वयंसेवी रक्तदाताहरूलाई म आजकाे याे पुनीत दिनकाे उपलक्ष्यमा हार्दिक धन्यवाद दिन चाहन्छु । उहाँले भन्नुभयो ‘यस समाजले रक्तदाताहरूलाई विभिन्न माध्यमबाट उत्प्रेरित गराउँदै आईरहेकाे र नयाँनयाँ रक्तदाताहरूलाई संख्यात्मक बृद्धी गराउँदै लगि रहेकाे मलाई बाेध छ । यसरी याे समाजलाई आफ्नो लक्ष्य र उद्देश्य हाँसिल गर्नमा सबैकाे साथ सहयोगकाे आवश्यकता पर्न सक्दछ हामी सबैले यसमा सारथिकाे भूमिका निर्वाह गर्नु पर्दछ । नि:शुल्क दिएको रगतमा शुल्क लिएर ब्यापार भईरहेकाे गुनासाेलाई हामीले सम्बाेधन गर्न सकिएको छैनौ । यसै सिलसिलामा तपाईंहरूले नेपाल सरकार समक्ष पेश गर्नुभएको ज्ञापन-पत्रले सार्थक पाउनु पर्छ भन्ने ठम्याइ छ । याे विषयमा मन्त्रीपरिषद् भित्र गम्भीर छलफलकाे लागि म पहल गर्ने छुँ । चाँडै नै सकारात्मक सन्देश दिन याे सरकार सफल हुने बिश्वास दिलाउन चाहन्छु ।

राज्यमन्त्री खानले कार्यक्रममा समाजको बार्षिक पत्रिका ‘हाम्रो रगत” र नयाँ रक्तदाता उत्प्रेरण गित विमोचन गर्नुभएको थियो ।

उक्त विशेष समारोहमा un-call-donor काे रूपमा प्रत्येक रक्त समूहबाट २/२ जनाकाे प्रतिनिधि हुनेगरी धन्यवाद एवं सम्मान-पत्र प्रदान गरि सम्मान गरिएको थियोे । जसमा क्रमशः नेगेटिभ रक्त समूह तर्फबाट देवकुमार राजबाहक A Neg. र निहालबिक्रम राणा, बिन्देश खनाल B Neg. र गाेकुलेश प्याकुरेल, प्रकाश जाेशी O Neg. र पार्वती लामिछाने, राजु कर्माचार्य AB Neg. र हिरामाया अवाल हुनुहुन्थ्यो । त्यसैगरि सुशिल तण्डुकार A Pos. र न्हुछेरत्न बज्राचार्य, बाबुराजा प्रजापति B Pos. र बिजयसागर प्रधान, दिपु तण्डुकार AB Pos.  र मुक्तिरत्न बज्राचार्य,तेजबहादुर तण्डुकार O Pos. र महेशकुमार श्रेष्ठ हुनुहुन्थ्यो ।

त्यस्तै हालै मात्र ३३००+ काे उचाइमा रहेकाे खप्तडमा पुगि रक्तदान गर्नुहुने प्रेमप्रसाद लम्साल बर्दिया, गाेबिन्द वाग्ले बाँके, बिमल भित्राकाेटी काठमाडौं र शिखर नगरपालिका डोटीका पूर्व नगरप्रमुख सीताराम जाेशीलाई सम्बाेधन गर्दै कदर एवं बधाईका साथै धन्यवाद व्यक्त गरिएको थियोे ।

कार्यक्रममा विश्व रक्तदाता दिवसकाे पुनीत अवसरमा हरिशरण लामिछाने समेतकाे सम्वाद सहितकाे गायिका : निर्मला घिसिङ, संगीत: मनराजा नकर्मी एवं समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यकाे रचनामा रक्तदान सम्वन्धी नयाँ गित सार्वजनिक गरिएको थियो ।

– संयाेग मात्र बन्न सक्ला , याचिकाले गरेकाे बिलाैना अब उप्रान्त कसैले भाेग्न नपराेस् । हाम्रो अभियानले यहि भन्छ ।

दैव भन्ने तिमी कहाँ छाै ?
ईश्वर भन्ने तिमी कहाँ छाै ?
भन भन भनन भन
याे विपद् बुझ्ने काे कहाँ छाै ?

भन्छ छिटाे ल्याउ रगत
कहाँबाट ल्याउँ रगत ?
भन्छ ल्याउ छिटाे रगत
कहाँबाट ल्याउँ म रगत ?
यता खाेजें छैन,उता खाेजें छैन
जताततै हेरें कहिँ कतै पाईन !
मृत्युको शैय्याबाट काल फर्काउँ कसरी ?

यिनकाे पीडा आफ्नै ठानाैं अब हामी सब लागाैं
रक्तदान गर्न,रक्तदान गराउँन हामी सब लागाैं ।

– रक्तदाताले मात्र समस्या याे टार्न सक्छ ।
– सन्देश फैलाउँन सके रक्तदाता जुट्न सक्छ ।
– केवल रक्तदानले समाधान याे हुन सक्छ ।

निर्दयी काेहि छैन,निर्माेही काेहि छैन
रक्तदान गर्न काेहि कहिं कतै कमी छैन ।

-रक्तदानबाट तपाईंको बिरामीलाई रगत जुटाएँ है !

कर्म यही हाम्रो धर्म यही मानव हुनुमा गर्व यही !