सुर्खेतमा ‘पहिलो प्रदेश आइडल’ हुँदै


सुर्खेत, ४ माघ । प्रदेश नम्वर ६ मा पहिलो पटक गायन प्रतिभाको खोजिका लागि ‘प्रदेशस्तरीय आइडल’ हुने भएको छ ।
प्रोफेसनल स्किल डेभलपमेन्ट प्रा.लि. (पिएसडि) वीरेन्द्रनगरले गर्ने नियमित कार्यक्रम ‘सुर्खेत गट् ट्यालेन्ट’ अन्तरगत ‘प्रदेशस्तरीय आइडल’ को आयोजना गर्न लागेको हो ।

प्रदेश नम्वर ६ भित्रका विभिन्न जिल्लामा फरक फरक कला संस्कृति रहेको र त्यस्ता कला संस्कृतिलाई गायन प्रतिस्पर्धा मार्फत उजागर गराउनकालागि फागुन दोश्रो सातादेखि प्रदेशनम्वर ६ का विभिन्न जिल्लामा आइडल गर्न लागिएको पिएसडिका प्रवन्ध निर्देशक प्रेमकुमार विसीले बताए ।

विजेताले १५० सिसिको स्टार्डट वाइक र नगदसहित गीत रेकर्डिङ्गको व्यवस्था गरिनेछ भने टप् फाइभभित्र पर्नेलाई आकर्षक पुरस्कारहरु दिइने आयोजक पिएसडिले जनाएको छ ।