कृष्णसार एफ.एम.को बार्षिकोत्सवमा रक्तदान


पवन जायसवाल ।

नेपालगञ्ज (बाँके) । रेडियो कृष्णसार एफएम ९४ मेगाहर्जले आफनो १६औं वर्षको बार्षिकोत्सवको अवसरमा चैत्र २१ रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
रेडियो कृष्णसार एफएमले चैत्र १४ गते आफनो १६ वर्ष पूरा गरीे १७ वर्ष प्रवेश गरेको अवसरमा चैत्र २१ गते आयोजित रक्तदान कार्यक्रममा रेडियोका कार्यकारी प्रमुख तुलाराज अधिकारी, कृष्णराज अधिकारी लगायतल प्रादेशिक रक्तसंचार केन्द्र नेपालगञ्जका प्रमुख उपेन्द्र रेग्मी, सोम प्रकाश सापकोटा, महेश राना क्षेत्री र हिरा बिकलाई रगत संकलन थैली हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।

कार्यक्रममा रेडियोका कार्यकारी प्रमुख तुलाराज अधिकारी, समुदायका लागि संचार अभियान नेपालका अध्यक्ष माधवराज अधिकारी, सचिव साबित्री गिरी, कोषाध्यक्ष तथा अवधी पत्रकार संघका केन्द्रिय अध्यक्ष राकेशकुमार मिश्र, सदस्य योगराज चौधरी ( योगेश) ले रक्तदान गर्नुभएको थियो । त्यस्तै एफ.एममा कार्यरत कुशल विक, नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका अध्यक्ष दिला शाह, नेपालगञ्ज उप–महानगरपालिका वडा नं.१० का स्वास्थ्य शाखाका इन्चार्ज भागीराम चौधरी, स्वास्थ्यकर्मी धर्मेन्द्र सिंह, रिनु खत्री र लक्ष्य बहादुर विक लगायतले रक्तदान गर्नुभएको थियो ।

कार्यक्रममा समुदायका लागि संचार अभियान नेपालका सदस्य उपाध्यक्ष राम प्रसाद आचार्य, बजार प्रतिनिध तथा शतक रक्तदाता पवन जायसवाल, चन्दा सिंह, दिपा रावत लगायतको सहभागिता रहेको थियो ।
यस्तै रेडियो कृष्णसार एफएम ९४ मेगाहर्जले १६ वर्ष पूरा गरी १७ औं वर्ष प्रवेश गरेको अवसरमा चैत्र १४ गते शुभकामना आदान– प्रदान कार्यक्रम गरेको थियो । २०६५ साल चैत्र १४ गते वेलुका ६ बजेर ५५ मिनेटबाट रेडियो कृष्णसार एफएमले आफनो प्रसारण सुरु गरेको थियो ।