बर्दियाको ठाकुरबाबामा ४६ पिन्ट रगत संकलन


पवन जायसवाल

बर्दियाको ठाकुरबाबाको भुरीगाउँमा शहिद दिवसको अवसरमा “रक्तदान जीवनदान” भन्ने उद्देश्यका साथ आयोजत रक्तदान कार्यक्रममा १९ जना महिला र २७ जना पुरुष गरी ४६जनाले रक्तदान गरेका छन् ।

१३ औंं पटक आयोजित रक्तदान कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, व्यापारी, समाजसेवी, स्वयंसेवी रक्तदाता लगायत १९ जना महिला र २७ जना पुरुष गरी ४६जनाले रक्तदान गरेका हुन ।

ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्साल, शतक रक्तदाता गोपी नाथ बैश्य, उत्कृष्ठ महिला रक्तदाता सरिता ज्ञवाली र नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दिया जिल्लाका सचिव श्यामलाल थारु प्रतिकले प्राविधिक होमराज गिरीलाई रगत संकलन थैली हस्तान्तरण कार्यक्रमको शुभारम्भ गरिएको थियो ।

कार्यक्रममा ठाकुरबाबा नगरपालिका सैनवार बर्दियाका नगर प्रमुख तिलकराम लम्साल र उप–प्रमुख बीना कुमारी भट्टराईले नेपालगञ्ज–६ निवासी शतक रक्तदाता १ सय ५६ पटक निवासी गोपी नाथ बैश्य र र बाँके र बर्दिया जिल्लामा महिलामा सबै भन्दा बढी रक्तदान गर्नु हुने नेपालगञ्ज–१० निवासी उत्कृष्ट महिला रक्तदाता सरिता ज्ञवालीलाई अबीरका साथै दोसल्ला सहित सम्मान पत्र प्रदान गरी सम्मान गर्नु भएको थियो ।

ठाकुरबाबा नगरपालिका वार्ड नं. १ भुरीगाउँ स्थित आधारभूत नगर अस्पतालको प्राङ्गणमा आयोजित रक्तदान कार्यक्रममा नगर प्रमुख तिलकराम लम्साल, उप(प्रमुख बीना कुमारी भट्टराई, चन्द्रमणि पौडेल, सीता थारु, राजु थारु, कृष्ण बहादुर सिंह, घनश्याम रिजाल, तारा बैक, जानकी पाण्डे, कृष्ण बहादुर बिश्वकर्मा, शान्ति रावल, अनुराग थारु, बिकास गुरुङ्ग, ओम कुमारी तामाङ्ग, अजय दहित, सुजन थारु, पुष्पा सलामी, मोहन सुनार, सुधा खत्री, सुजन सापकोटा, तपेन्द्रराज जोशी, संगीता मगराती, सुशीला थारु, अञ्जली अधिकारी, राधा रिजाल, भवानी उपाध्याय, गीता चौधरी, दिपा रिजाल, पूजा सुनार, पूनम थारु, खगेन्द्र बहादुर शाही, बिकराल सिंह रत्गैया, गंगनसारा आचार्य, रामबहादुर थारु, आशा थारु, भिक्खुराम थारु, ध्रुववराज बम, जीवन खनाल, समीर योगी, गीता थारु, चुडामणि चौधरी, ओमप्रकाश थारु, कालुराम थारु, बल बहादुर रत्गैया, श्रीराम थारु, सुरज थारु लगायत रक्तदान गर्नुभएको थियो ।

कार्यक्रममा प्रादेशिक रक्त सञ्चार केन्द्रका होमराज गिरी सुनिल थापा, महेश दहित, प्रभुदयाल गोडिया, समी चौधरी, सुमित्रा ओली र जानकी शर्माले प्राविधिकमा सहयोगमा सम्पन्न कार्यक्रमको सहजीकरण ठाकुरबाबा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बिष्णुप्रसाद ज्ञवाली गर्नुभएको थियो भने ठाकुरबाबा उद्योग वाणिज्य संघ भुरीगाउँ, नेपाल रेडक्रस सोसाइटी उपशाखा ठाकुरबाबा भुरीगाउँ, रेडियो टाइगर एफ.एम.९९.२ मेगाहर्ज, ईलाका प्रहरी कार्यालय बगनहा भुरीगाउँ, थारु समुदाय विकास मञ्च, औषधी व्यवसायी संघ, विकासप्रेमी युवा समूह भुरीगाउँ, लायन्स क्लब अफ भुरीगाउँ, नारी एकता शक्ति केन्द्र भुरीगाउँ, नेपाल शिक्षक महासंघ, ठाकुरबाबा सञ्जाल, ठाकुरबाबा बडघर सञ्जाल, ठाकुरबाबा स्वयंसेविका सञ्जाल, ठाकुरबाबा बन उपझोक्ता महासंघ, चुरे क्याम्पस बगनाहा, मनुषा टिका सिंह थापा बहुमुखी क्पाम्पस भुरीगाउँको सहकार्य रहेको थियो ।