हेल्थ याद आयोले आफ्नो प्रथम वार्षिकोत्सवमा विशेष छुट र अफरहरूसहित मनाउँदै



काठमाडौं । वर्तमान युग विज्ञानको युग हो र विज्ञानले विकसित गरेको सूचना प्रविधिले विश्वलाई कुनै पनि मुलुकको गाउँशहर र घर मात्र होइन, एक कोठामा सीमित गरिदिएको छ । अझै भनौं भने प्रत्येक व्यक्तिको औंलामा सीमित गरिदिएको अनुभूति वर्तमान पुस्ताले गर्न थालेको छ । अहिले मोवाइल एपको माध्यमबाट मानिसले हरेक किसिमका सेवाहरु सहजै प्राप्त गरिरहेका छन् ।

विज्ञानको उपहारको रुपमा विकसित भइरहेको सूचना प्रविधिले मोवाइल एपको माध्यमबाट हरेक मानिसले मानव स्वास्थ्यसंग सम्बन्धित हरेक किसिमका स्वास्थ्य सेवा घरमै बसेर सहजै पाउन सकिन्छ भन्ने उद्देश्यका साथ स्थापना गरिएको “हेल्थ याद आयो” नामक नीजि क्षेत्रको नेपालकै अग्रणी स्वास्थ्य एग्रिगेटर प्लेटफर्म हेल्थ याद आयो (HYA) ले आज २४ डिसेम्बर २०२४ मा आफ्नो पहिलो वार्षिकोत्सव मनाउँदैछ ।

घरमै बसेर ल्याब टेष्ट गराउने सुविधा, औषधि डेलिभरी, डाक्टर परामर्श, अन्तर्राष्ट्रिय मेडिकल टुरिज्म र भर्चुअल स्वास्थ्य परामर्श जस्ता सेवाहरू उपलब्ध गराउँदै, HYA ले स्वास्थ्य सेवा पहुँचमा क्रान्तिकारी परिवर्तन ल्याएको छ । ६ सय भन्दा बढी डाक्टरहरू, १ सय भन्दा बढी ल्याब, क्लिनिक र फार्मेसीहरू जस्ता विशाल नेटवर्क सहित HYA छिटो र भरपर्दो स्वास्थ्य सेवा सुनिश्चित गर्दै आएको छ । साथै, HYA ले भारत, थाइल्याण्ड, सिंगापुर, मलेसिया, दुबई, दक्षिण कोरिया र टर्की जस्ता ७ देशका अन्तर्राष्ट्रिय स्तरका ख्यातीप्राप्त चिकित्सकहरूसँग घरमै बसेर स्वास्थ्य परामर्शको सुविधा पनि प्रदान गर्छ ।

एक वर्ष अघि ललितपुर महानगरपालिका वडा नं. १ कुपण्डोलमा सेवा शुरु गरिएको “हेल्थ याद आयो”का संस्थापक प्रवन्ध निर्देशक मोवाइल हेल्थएपका परिकल्पनाकार प्रज्वल चुकेका अनुसार मोवाइलएप कै माध्यमबाट सेवाग्राहीले घरमै बसेर काठमाडौं, ललितपुर, भक्तपुर, बुटवल, चितवन, पोखरा, नेपालगन्ज, विराटनगर, बिर्तामोड र भैरहवालगायत नेपालको प्रमुख १० प्रमुख शहरहरुमा स्वास्थ्य परामर्श र ल्याव परिक्षण सेवा लिन सक्ने सुविधा उपलब्ध गराइएको छ ।

प्रवन्ध निर्देशक चुकेले दिएको जानकारी अनुसार वार्षिकोत्सवको अवसरमा HYA ले विभिन्न अस्पताल, ल्याब, क्लिनिक, डाक्टर, एयरलाइन्स र डिजिटल वालेट पार्टनरहरूसँगको सहकार्यमा २४ डिसेम्बर २०२४ देखि ३१ जनवरी २०२५ सम्मका लागि विशेष छुटहरू दिने घोषणा गरेको छ । यस्तै हाइड्राफेसियल उपचारमा ६०%, हेल्थ प्याकेजहरूमा ५०% छुट दिने घोषणा गर्नुका साथै घरमै निःशुल्क रगतको नमूना संकलनको सुविधा, डाक्टरहरुसंग निःशुल्क परामर्श र निःशुल्क दुर्घटना मेडिकल बीमा सुविधा पनि उपलब्ध गराउने भनिएको छ भने निःशुल्क आँखा जाँच, ल्याब परीक्षणहरूमा ३०% सम्म छुट, चयन गरिएका टेलिमेडिसिन डाक्टर परामर्शमा ५०% सम्म छुट, ओपिडी डाक्टर र औषधिमा छुट, ई–सेवा केयर (दुर्घटना मेडिकल बीमा) किन्दा रु. ४० सम्म छुट र यति एयरलाइन्समा टिकट खरीद गर्दा रु. ५०० सम्म छुट दिने समेत घोषणा गरेको छ ।

यो अवधिमा स्वास्थ्य सेवा बुक गर्ने ग्राहकहरूका लागि लक्की ड्र को माध्यमबाट उत्कृष्ट पुरस्कारहरू पनि व्यवस्था गरेको छ । जसमा एक भाग्यशाली जोडीका लागि रु.२८ हजार बराबरको निःशुल्क हिमाल अवलोकन उडान, एक भाग्यशाली विजेताका लागि रु. ३६ हजार बराबरको निःशुल्क पारिवारिक स्वास्थ्य प्याकेज (बुबा, आमा र एक बच्चाका लागि), १ वर्षभित्र एक समर्पित चिकित्सकसँग दुई जनाका लागि १० निःशुल्क टेलिकन्सल्टेसनहरू उपलब्ध गराइने छ ।

१० भाग्यशाली विजेताहरूका लागि उपहार प्याकेजहरू तथा HYA को स्वास्थ्य सेवा पहुँचयोग्य र किफायती बनाउने प्रतिबद्धता पनि गरेको छ । विशाल नेटवर्क र अन्तर्राष्ट्रिय पहुँच सहित, ज्थ्ब् ले आफ्नो ग्राहकहरूलाई नवप्रवर्तनात्मक, भरपर्दो, र किफायती स्वास्थ्य सेवा तथा स्वास्थ्य समस्याको समाधानहरू प्रदान गर्न निरन्तर काम गरिरहेको छ ।

अहिल्यै “हेल्थ याद आयो”सँग बुक गर्नुहोस् र स्वस्थ जीवनतर्फको यात्रामा सहभागी बन्नुहोस् । उल्लेखनीय छ, “हेल्थ याद आयो” राजधानी काठमाडौंका विभिन्न स्थान र कोलोनीहरुमा बेला बेलामा निःशुल्क स्वास्थ्य शिविर पनि सञ्चालन गर्दै आएको छ ।