आवश्यक उपकरण नहुँदा उपचारमा समस्या


हरि कृष्ण कुमाई, जुम्ला
पौष २९,
कर्णालीकै धरोहरका रुपमा २०६८ सालमा स्थापना भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चाहिने आवश्यक उपकरण नहुँदा उपचार गर्न समस्या भएको डाक्टरहरुले बताएका छन् ।

हाल प्रतिष्ठानमा सिटीस्क्यान, आसियु, एमआरआई मेसिन लगायतका मेसिन नहुँदा उपचारमा समस्या भएको हो । चोट पटक लागेका विरामीहरु धेरै आउने भएपनि उपचारको लागी आवश्यक मेसिन नहुँदा समस्याले गर्दा टाउकोमा चोट पटक लागेका विरामी आएमा उनिहरुको प्रकृति हेरेर मात्र उपचार गर्नु पर्ने बाध्यता रहेको बताउँदै यसकालागि अत्याधुनिक मेसिनको व्यवस्था गर्न सकेमा मात्र आफुहरुलाई उपचार गर्न सहज हुने जानकारी गरेको हाडजोर्नी विषेशज्ञ डा. देउमान लिम्बुले बताए ।

सिटीस्क्यान मेसिन खरिद गर्नको लागी झण्डै ३ करोड रुपैयाँ आवश्यक पर्ने भएको हुनाले अस्पतालले आफ्नै लगानीमा खरिद गर्न नसक्ने भएकोले सरकारसँग माग गर्ने आइसियु मेसिन खरिदको लागी पहल यसै आर्थिक वर्षभित्र समस्या समाधान हुने प्रतिष्ठानका रजिष्टार विश्वराज काफ्लेले जानकारी दिए । ।

त्यस्तै प्रतिष्ठानमा रगत पनि सधै नै अभाव हुने गरेको छ । प्रतिष्ठानमा भर्ना हुन आउने विरामीहरुमा सबै भन्दा गर्भवती महिलाहरुलाई रगतको आवश्यक पर्ने गरेको छ । रगत, सिटी स्कान र अक्सीजन अभाव भएको समयमा विरामीलाई नेपालगञ्जमा रिफर गर्नु पर्ने वाध्यता अहिले पनि विद्यमान रहेको छ ।