
१० चैत्र, मकवानपुर / मंगलदीप बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे १०औं स्थापना दिवसकाे उपलक्ष्यमा थाहा नगरपालिका स्थित बिकासघरकाे सभाकक्षमा बिशेष रक्तदान कार्यक्रमकाे आयाेजना गरि सम्पन्न भएको छ ।
नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं सर्वाधिक स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले रक्त थैली हस्तान्तरण गरेर शुभारम्भ गरिएको कार्यक्रममा थाहा नगरपालिकाका उप-प्रमुख भरत गाेपाली र नेपाल रेडक्रस साेसाइटी दामन उपशाखाका सभापति नमश्याम बस्नेतकाे उपस्थिति रहेकाे थियो ।
सहकारीका अध्यक्ष नवराज बिष्टकाे सभापतित्वमा सञ्चालित साे कार्यक्रममा महिला तथा पुरूष गरि जम्मा ६४ जनाले रक्तदान गर्नुभएको कार्यक्रमकाे सञ्चालन गणेश बिष्टले गर्नुभएको थियो ।




Prawash Kumar Shakya । १० चैत्र २०८०, शनिबार २०:५४ बजे