साँग्रिला बैंकको बार्षिकोत्सवमा रक्तदान कार्यक्रम


१३ कार्तिक, काठमाडौं / “सुरक्षित बैंकिङ र डिजिटल सुरक्षा”  नाराका साथ साँग्रिला डेभलपमेन्ट बैंककाे २०औं वार्षिकोत्सबकाे उपलक्ष्यमा आज प्रभातफेरी गर्दै रक्तदान कार्यक्रममा सम्पन्न गरेको छ ।

बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं सर्वाधिक स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यकाे प्रमुख उपस्थितिमा सम्पन्न रक्तदान कार्यक्रममा महिला तथा पुरूष गरि जम्मा ३६ जनाले रक्तदान गर्नुभएको थियो ।